श्रीलंका श्रृंखलाबद्ध विष्फोटको योजना विदेशमा बनेको आशंका « Khabarhub

श्रीलंका श्रृंखलाबद्ध विष्फोटको योजना विदेशमा बनेको आशंका


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलंका– श्रीलंकामा भएका श्रृङ्खलाबद्ध आक्रमणको योजना विदेशमा बनाइएको हुनसक्ने त्यहाँको सरकारले आशंका गरेको छ ।

श्रीलंका सरकारका रक्षामन्त्री आर विजयवर्द्धनले आक्रमणको षड्यन्त्र विदेशमा बनेको बारे आफूलाई जानकारी प्राप्त भएको जनाएका हुन् ।

उनले आक्रमण आत्मघाती प्रकृतिको रहेको बताउँदै हालसम्म ७ जनालाई गिरफ्तार गरिएको समेत जानकारी दिएका छन् ।

यद्यपि विदेशमा आक्रमणको योजना बुनिएको भनिए पनि उनले कुन मुलुकमा कसले आक्रमणका षड्यन्त्र बनाएको भन्नेबारे केही खुलाएका छैनन् ।

उनले आक्रमणबारे गुप्तचर निकायले जानकारी दिए पनि मुलुकको सुरक्षा संयन्त्रले त्यसलाई रोक्न नसकेको समेत जनाए ।

राजधानी कोलम्बोसहित पूर्वी शहर बाटिकाओला तथा कोलम्बोबाट उत्तरमा रहेको शहर नोगेम्बोमा गिर्जाघर र आलिशान होटेलसहित विभिन्न स्थानमा भएका विभिन्न ८ विष्फोटबाट २०७ जनाको ज्यान गएको छ भने ४५० जना भन्दा बढी घाइते भएका छन् ।

इष्टर सन्डेका दिन इसाई धर्मावलम्बीलाई निशाना बनाएर गराइएको आक्रमण कसले र किन गराएको भन्नेबारे केही विवरण सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ८ : २९ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ