पहिरोपीडितको घर बनाउन जग्गा खरिद « Khabarhub

पहिरोपीडितको घर बनाउन जग्गा खरिद


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा पहिराका कारण घरवास गुमाएकाको पुनःस्थापनाका लागि जग्गा खरिद भएको छ ।

पहिराबाट घर भत्किएका र अन्यत्र जग्गा नभएकाको स्थायी बसोबासका लागि घर निर्माण गर्न बिम मालिका सङ्घले पाँच रोपनी जग्गा खरिद गरेको हो । गत असार २५ र २६ गतेको पहिरोका कारण बिमको तल्लोगाउँ, नौरुङ, दुले र बाइन्दफाँटमा ३३ घर भत्किएको थियो । आठको मृत्यु र एक जना बेपत्ता भएका थिए ।

घरवास गुमाएका मध्ये एकको काठमाडौँमा घर छ । बीस जनाको अन्यत्र जग्गा छ । घर र जग्गा सबै पहिरोमा गुमाएका १२ परिवारका लागि घर निर्माणका लागि वडाका जनप्रतिनिधि र अगुवाले पहिचान गरेको जग्गा सङ्घले खरिद गरेको हो । रु २० लाखमा बिमको तल्लोगाउँस्थित हिराजित स्मृति युवा क्लबको खेलमैदान नजिकै तल्लोबोट भन्ने ठाउँमा जग्गा खरिद गरिएको समन्वय गर्नुभएका दल शेरबुजाले बताए ।

सो जग्गामा घर निर्माण गरेर पहिरोपीडितलाई हस्तान्तरण गर्ने तयारी भएको छ । स्वदेश तथा विदेशमा रहेका बिमवासीले आर्थिक स्रोत जुटाएका हुन् । वडाध्यक्ष रेशम जुग्जालीले अहिलेसम्म आठ परिवारले सो जग्गामा बन्ने घरमा बस्न सहमत भएका जानकारी दिए । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले १० घर बनाउने तयारी गरेको छ ।

उनीहरुको पुनःवासका लागि समुदायस्तरबाट स्वदेश तथा विदेशमा आर्थिक सहयोगसमेत सङ्कलन भएको छ । घरवास गुमाएकालाई विदेश र शहरमा भएकाको खाली घर तथा आफन्तकहाँ राखिएको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ११ : ४५ बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको