यस्तो देखियो प्रचण्ड–नेपाल समूहको काठमाडौँको प्रदर्शन (फोटोफिचर) « Khabarhub

यस्तो देखियो प्रचण्ड–नेपाल समूहको काठमाडौँको प्रदर्शन (फोटोफिचर)


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरूद्ध काठमाडौँका १३ ठाउँबाट जुलुस निकालेको छ।

जुसुमा उल्लेख संख्यामा नेता तथा कार्यकर्ता सहभागी भएका छन् । पार्टीको आन्तरिक विवादमा जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा असंवैधानिक तवरले भंग गरिएको भन्दै दाहाल-नेपाल समूहले आज देशव्यापी प्रदर्शन गर्दैछ ।

प्रदर्शनका लागि पार्टीका शीर्ष नेता देशका विभिन्न स्थानमा खटिएका छन् । काठमाडौँका १३ स्थानबाट शीर्ष नेताहरू सहभागी भएर जुलुस निकालिएको छ ।

टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपन्डोलबाट पम्फा भुसाल, नयाँ बानेश्वरबाट लीलामणि पोखरेल, मैतीदेवीबाट हरिबोल गजुरेल, नक्सालबाट जनार्दन शर्मा न्युरोडबाट अष्टलक्ष्मी शाक्य, रत्नपार्कबाट मुकुन्द न्यौपाने, त्रि-चन्द्रबाट योगेश भट्टराई, पुरानो बानेश्वबाट अमृत बोहोरा, बागबजारबाट गिरिराजमणि पोखरेल, वाल्मीकि क्याम्पस प्रदर्शनी मार्गबाट गणेश शाहको नेतृवमा जुलुस निकालिएको हो ।

तस्वीरमा हेर्नुहोस प्रचण्ड–नेपाल समूहको प्रदर्शन

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १ : ३६ बजे

आयोजना प्रभावितलाई सिलाइ मेसिन वितरण

दमौली– तनहुँ जलविद्युत आयोजनाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्ययोजना

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे कांग्रेसले संसद्‌मा आवाज उठाउने

काठमाडौं– नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा विषयमा संसद्मा आवाज उठाउने

कलेज बस दुर्घटनामा चार जना घाइते

भद्रपुर– यहाँको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिक भित्री सडकमा

बैंकिङ कसुर मुद्दाका फरार कन्दङवा पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा

महासंघको साधारणसभामा चन्द्रका छोरा सचिनले ल्याए सबैभन्दा धेरै मत, कसको कति (सूचीसहित)

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत नेतृत्व