यी कुरा गोप्य राख्नुहोस्, नत्र तपाईंलाई नै हुन्छ हानी | Khabarhub Khabarhub

यी कुरा गोप्य राख्नुहोस्, नत्र तपाईंलाई नै हुन्छ हानी


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामी मन मिलेको मानिस वा साथीलाई आफ्ना बारेमा सबैकुरा खुलस्त भन्दछौ । मानिस आफूलाई खुला हृदयको देखाउन सबै कुरा साथीहरुमाझ सार्वजनिक गर्दछन् । तर कतिपय अवस्थामा केही कुराहरु जति नै हितैषि भए पनि नबताउनु उपयुक्त हुन्छ ।

मानिसको जीवनमा केही गोप्य कुरा हुन्छन्, जो आफ्ना निकटका साथीभाइ वा आफन्तलाई समेत बताउनु हुँदैन । कतिपय कुरा श्रीमान/श्रीमती वा आमा–बुवासँग समेत भन्न नहुने पनि हुन्छन् । साथिभाइ त आमा–बुवा र श्रीमान/श्रीमतीभन्दा टाढाको बिषय हो । तसर्थ आज हामी मानिसले गोप्य राख्नु पर्ने ४ कुराबारे चर्चा गर्दैछौ :

गोप्य राख्नुपर्ने कुरा

१. श्रीमान् श्रीमतीबीचको विवाद, मायाका कुरा, मतभेद वा यौनका कुरा साथिभाईलाई बताउनु हुँदैन । यदि यी कुरा मन मिलेको भन्दै साथीभाइलाई सुनाउनु भयो भने भोलीका दिनमा ती साथीसँग मनमुटाव भए उसले बदला लिन यसलाई सार्वजनिक गर्न सक्छन् । तसर्थ श्रीमान श्रीमतीबीचका कुरा सकेसम्म कसैलाई भन्नु हुदैँन ।

२. आजको व्यावसायिक युगमा धेरैले व्यवसाय चलाउन व्यक्ति वा बैंकसँग ऋण लिन्छौ । तर आफूले लिएको ऋण वा आफूलाई परेको आर्थिक समस्याका बारेमा कसैलाई पनि भन्नु हुदैँन । तपाईं आफुले लिएको ऋणबारे वा आफ्ना ऋणीबारे अरुसँग कुरा गर्नु भएमा तपाईं ऋण डुब्नु भएको ठानी उनीहरुबाट हुनसक्ने सहयोग बन्द हुन्छ । साथै तपाईंको प्रभावसमेत ती ब्यक्तिहरु माझ घट्दै जान्छ ।

३. आजकल धेरै मानिसमा आफुले गरेको सहयोगलाई प्रचार गर्ने बानी छ । सहयोग गरेर यसलाई सार्वजनिक वा प्रचार गर्नु राम्रो हुदैँन । तपाईंले गरेको काम, सहयोग, मानव धर्म वा पुण्य अरुले चर्चा गरुन् तर आफैले आफूले गरेका सहयोग, दान वा उद्धारका कुरा प्रचार गर्नु राम्रो हुदैँन । तसर्थ यस्ता कुरा गोप्य राख्नु नै उत्तम हुन्छ ।

४. कुनै संर्घषपछिको प्राप्ती वा सामान्यभन्दा ठुलो पदमा पुगेपछि मानिसमा अहंकार आउन सक्छ । उ आफूलाई सबैले मानुन् भन्दै आफू को हुँ भनेर हिड्न थाल्दछ । तर मानिसको पछाडी तपाईंको मापन गर्ने सयौं हुन्छन् । तसर्थ आफ्नो पद वा क्षमताको बारेमा सबैलाई भन्नु भन्दा समय आउँदा प्रर्दशन गर्नेगरी गोप्य राख्नु पर्दछ । तर यसको मतलब तपाईंको कला, सिर्जना वा रचना लुकाउनु होस् भन्ने चाहिँ होइन ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ७ : ३५ बजे

टरुवा तालको जलकुम्भी हटाइँदै

नवलपरासी– जलकुम्भीले ढाकेर नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित ऐतिहासिक टरुवा

राष्ट्रसंघको भन्यो- तनाव धेरै भयो, इजरायल–इरान युद्ध रोकौँ

न्युयोर्क – इजरायलले इरानको आणविक कार्यक्रममा प्रि–एम्प्टिभ आक्रमण गरेपछि, जवाफ

‘सुपर हिरो‘ जनराको फिल्ममा देखिँदै आमिर खान

काठमाडौं – बलिउड नायक आमिर खान आफ्ना दुई महत्वाकांक्षी फिल्ममा

इजरायलमा इरानको मिसाइल आक्रमण : एक जनाको मृत्यु, ६० घाइते

जेरूसेलम – इरानले इजरायली आक्रमणको जवाफ दिन थालेको छ। शुक्रबार

शिक्षासहित संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ