अनुहार र छालाको चमक बढाउने घरेलु ८ टिप्स | Khabarhub Khabarhub

अनुहार र छालाको चमक बढाउने घरेलु ८ टिप्स


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दर बन्न हामी बिभिन्न थरीका मेकअपको प्रयोग गर्दछौ । तर सधै सुन्दर र जवान देखिनका लागि स्वास्थ्य जीवनशैली आवश्यक हुन्छ ।

शारीरिक रुपमा स्वास्थ्य र तन्दुरुस्त भइयो भने त्यसको प्रभाव अनुहार, छाला, कपालमा समेत देखिन्छ । आज हामी सुन्दर देखिने केही घरेलु टिप्स बारे चर्चा गर्नेछौ :

१. पुदिनाको रसमा चन्दन, गुलाबजल मिलाएर मिश्रण बनाई अनुहारमा लगाएर १५ मिनेटसम्म राख्ने र त्यसपछि धोएमा यसले दाग हटेर अनुहारमा चमक आउँछ ।

२. मह र चियाको पानीको मिश्रणलाई अनुहारमा प्रयोग गरे अनुहार चम्किलो हुन्छ ।

३. सुन्तला र दहीको लेप वनाएर अनुहारमा प्रयोग गरे गोरोपन बढ्दछ ।

४. वेसार, वेसन र दुधको मिश्रण वनाएर अनुहारमा १० मिनेटसम्म लगाई आइस फेसियल गरेमा अनुहारको सुन्दरता बढ्दछ ।

५. २ चम्चा सोयाविन आटा, एक ठूलो चम्चा दही र मह मिसाइ बनको मिश्रणलाई १५ मिनेट अनुहारमा लगाएर सफा गरेमा अनुहार सुन्दर देखिन्छ ।

६. काँचो दुधमा बेसन, केही थोपा कागतीको रस र थोरै बेसारको मिश्रण बनाई बनेको लेप शरीरको छालामा दलेमा छाला मुलायम र सुन्दर देखिन्छ ।

७. पिसेको ताजा अमलामा दुध हालेर त्यसमा आधा चम्चा गुलाबजल राखेर अनुहारमा हल्का मालिस गरेमा अनुहारको मुलायम हुनुको साथै चमक समेत बढ्दछ ।

८. फेस प्याकलाई दही वा सुन्तला, टमाटर वा अन्य फलसँग मिलाएर अनुहारमा लगाएमा छाला नरम एवम् मुलायम हुन्छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ६ : ४३ बजे

माइतीघरमा प्रदर्शन गर्न पुगेका जेन-जी पक्राउ

काठमाडौं– माइतिघरमा प्रदर्शन गर्न पुगेका जेन-जी युनाइटेडका जेन-जीहरू पक्राउ परेका

क्वालालम्पुरमा अमेरिका–चीन व्यापार वार्ता शुरु

क्वालालम्पुर- चीन र संयुक्त राज्य अमेरिकाबीचको पछिल्लो व्यापार वार्ता शनिबार

आगन्तुक चराको चिरिबिरी (फोटो फिचर)

काठमाडौं– मनसुनी वर्षाले देश छोडे सँगसँगै चिसो हावाको सिरेटो सुरु

सर्पको टोकाइबाट बालकको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको शिवसताक्षीमा एक बालकको मृत्यु भएको छ

‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रंकलाइन प्रयोग गरेर त्यसबापतको