चिनियाँ परियोजनामा अनियमितता भएको भन्दै संघीय लिम्बुवान मञ्चद्वारा झापामा प्रदर्शन « Khabarhub

चिनियाँ परियोजनामा अनियमितता भएको भन्दै संघीय लिम्बुवान मञ्चद्वारा झापामा प्रदर्शन


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– संघीय लिम्बुवान मञ्चले झापमा चिनियाँ कम्पनीको लगानी रहेको एक परियोजनाविरुद्ध बृहत प्रदर्शन गरेको छ ।

चिनियाँ प्रत्यक्ष लगानीमा ‘बेल्ट एन्ड रोड परियोना’ अन्तर्गत दमक क्लिन इन्डस्ट्रियल पार्कको निर्माणमा भइरहेको अवैध क्रियाकलापविरुद्ध मञ्चले विरोध प्रदर्शन गरेको जनाएको हो ।

मंगलबार ओलीविरुद्ध देशव्यापी प्रदर्शन भएकै बेला उनको गृहजिल्ला झापामा मञ्चले चिनियाँ परियोजनाविरुद्ध प्रदर्शन गरेको हो ।

राजनीतिकरुपमा महत्वाकांक्षी मानिएको उक्त परियोजना प्रधानमन्त्री ओली आफैले छनोट गरेको मञ्चले जनाएको छ ।

प्रदर्शनमा आदिवासी जनजाति तथा अन्य अल्पसंख्यक समुदायका पाँच हजार भन्दा बढीको सहभागिता रहेको थियो ।

उनीहरुले सो परियोजनामा भएको अनियमितता रोक्न माग राख्दै प्रदर्शन गरेको जनाइएको छ ।

  

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ६ : १२ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि