वाग्मती गाउँपालिकामा ५ शय्याको कोभिड अस्पताल निर्माण | Khabarhub Khabarhub

वाग्मती गाउँपालिकामा ५ शय्याको कोभिड अस्पताल निर्माण


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–३ भट्टडाँडास्थित महाङ्कालखोल्सामा गाउँपालिकास्तरीय पाँच शय्याको अस्थायी कोभिड–१९ अस्पतालको निर्माण सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले आज सो अस्पतालको उद्घाटन गर्दै मूलुकमा अझै कोरोना महामारी कायम रहेकाले सङ्घीय सरकारको निर्णयलाई गाउँपालिकाले कार्यान्वयन गरी पाँच शय्याको अस्पताल व्यवस्थापन गरेको बताए ।

उनले भने, “अब यहाँका जनतालाई कोभिड सङ्क्रमण भएमा राख्ने ठाउँको अभाव हुनेछैन । बिरामी उपचारका लागि आवश्यक सम्पूर्ण सामग्रीसमेत जुटाइसकेका छौँ । अस्पतलमा एक एमबीबीएस चिकित्सक र दुई स्टाफ नर्ससमेत रहनेछ ।”

अर्कातर्फ वडा नं ४ प्यूटारस्थित थाङसिनटारमा १५ श्ययाको ‘गाउँपालिकास्तरीय अस्पताल’ भवन निर्माण कार्य पनि सम्पन्न भइसकेको छ । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको सःर्शत अनुदानमा ‘एकपालिका एक अस्पताल’को अवधारणाअनुरुप उक्त काम अघि बढाइएको थियो ।

गाउँपालिकास्तरीय अस्पताल निर्माणका लागि प्रदेश सरकारले कूल रु दुई करोड तीन लाख २२ हजार भ्याटसहित सम्झौता रकम भवन निर्माणका लागि दिएको ललितपुर क्षेत्र नं १ का प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले बताए । उनले भने, “अस्पताल सञ्चालनका लागि आवश्यक सामग्री र दरबन्दी सिर्जना गर्ने काम भने गाउँपालिका र प्रदेशको समन्वयमा हुनेछ ।”

सो गाउँपालिकास्तरीय अस्पताल तयार भइसकेपछि नजिकैरहेका बकैया गाउँपालिका र काभ्रेका जनताले समेत सेवा लिन पाउने स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताए । उनले भने, “भौगोलिक रुपमा विकट रहेका वाग्मतीका सातै वडामा स्वास्थ्य चौकीको व्यवस्था छ । वाग्मतीको एक वडाबाट अन्य वडामा पुग्न घण्टौ हिड्नुपर्ने हुँदा भट्टेडाडाँको स्वास्थ्य चौकीलाई बढुवा गरेर ‘भट्टेडाडाँ अस्पताल’का रुपमा स्तरोन्नती गरिएको छ ।”

वाग्मतीका हरेक स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० बिरामी उपचारका लागि आउने गर्छन । वाग्मतीको वडा नं २ माल्टा र वडा नं ५ इकुडोलको स्वास्थ्यचौकी भवन २०७२ सालको भूकम्पले जीर्ण बनाएको हुँदा नयाँ बनाउन आवश्यक रहेको छ । वाग्मतीले गाउँपालिकाका जनतालाई हालसम्म एउटा मात्र एम्बुलेन्स सेवा दिइरहेको तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ९ : ४० बजे

आगलागीबाट भएको क्षति निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे संस्कृतिमन्त्री पाण्डे

बाजुरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले

सशस्त्र प्रहरीद्वारा कुखुराका चल्ला बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले छिमेकी मुलुक भारतबाट अवैध तस्करी

सप्तरी-सिरहा सडकको नयाँ ट्रयाक खुल्दै

गोलबजार– सडक डिभिजन कार्यालय लहानले सप्तरीको कल्याणपुर बजार हुँदै उदयपुरको

कांग्रेस कार्यकर्ताको प्रश्नः समयमै अधिवेशन किन हुँदैन ? शेखरले भने– पदाधिकारीलाई सोध्नुस्

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका नेता–कार्यकर्ताहरूलाई केन्द्रीय

मस्कसँग लफडा परेपछि टेस्ला बेच्दै ट्रम्प

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग लफडा गरेका विश्वकै