दलितको घरमा विवाह भोज नखाएको भन्दै बेहुलीलाई २२ जनाले दिएको पैसा फिर्ता ! | Khabarhub Khabarhub

दलितको घरमा विवाह भोज नखाएको भन्दै बेहुलीलाई २२ जनाले दिएको पैसा फिर्ता !


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज प्रकाशित नागरिक दैनिकले पहिलो पृष्ठमा श्रीलंका शृंखलाबद्ध विस्फोटको समाचारलाई मुख्य समाचार बनाएको छ ।

त्यस्तै नेकपाको एकता प्रकृयामा तत्कालीन जिल्ला अध्यक्षलाई नै जिम्मेवारी शीर्षकको अर्को समाचार प्रकाशन गरेको छ । त्यस्तै संघ पछ्याउँदै गण्डकी प्रदेश शीर्षकमा अर्को समाचार नागरिक दैनिकले प्रकाशन गरेको छ ।

तेस्रो पृष्ठमा नागरिक दैनिकले विवाहमा छुवाछुत र भेदभाव भएको समाचार प्रकाशन गरेको छ । अगुवाले दक्षिणा दिए, भोज खाएनन् शीर्षकमा प्रकाशित समाचारमा लेखिएको छ – रुपन्देहीको शुद्धोदन गाउँपालिका ४ फर्साटिकरकी २२ वर्षीया आरती विकको विवाह समारोहमा उपस्थित कथित उपल्लो जाति भनिकाहरुले जातीय छुवाछुतको घटना दोहोराएका छन् ।

वैशाख ५ गते भएको सो विवाह समारोहमा सहभागी हुन आएका राजनीतिक दलका कार्यकर्ता तथा टोल विकास समितिका अगुवाहरु भोज नखाई फर्केका छन् ।

विवाहमा बेहुला बेहुलीलाई आशीर्वाद दिन आएका गैरदलित भनिने समुदायका छिमेकीहरु भोजमा सहभागी नभएपछि विक परिवारले उनीहरुबाट प्राप्त दक्षिणा फिर्ता गरेको थियो । रामबहादुर विककी छोरी आरतीको सुनवल असामबासी टोलका रमेश रसाईलीसँग विवाह भएको थियो ।

विवाहको निम्तो स्वीकार गरेर आएका २२ जना भोजमा सहभागी नभइ दक्षिणामात्रै बुझाएर फर्केकाले आफूहरुको अपमान भएको भन्दै आइतबार शुद्धोधन ४ का वडाअध्यक्ष राजेन्द्र कँडेललाई दक्षिणा वापतको रकम फिर्ता दिएका थिए । ‘छिमेकमा भएपछि मिलेर बस्नुपर्छ भनेर हामीले गैरदलितकै क्याटरिङ ल्याएर मेस चलाएका थियौं तर हामी दलित भएका कारण समाजका अगुवाहरु भोजमा सहभागी हुनुभएन। त्यसैले उहाँहरुको पैसा फिर्ता दिइयो ।’ रामबहादुर विकले भने ।

२२ जनाबाट संकलित ६ हजार तीन सय ५० रुपैयाँ वडा अध्यक्षमार्फत फिर्ता गरेको बेहुलीका काका होम बहादुर विकले जनाए ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ७ : ११ बजे

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन

प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

भोजपुर– भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् ।

पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा

बागमती– हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका विभिन्न स्थानीय तहमा किसानले पालेका पशु