ओली पक्षीय नेकपा कार्यकर्तालाई पनि कार्की ब्यांक्वेटमै प्रशिक्षण दिइने « Khabarhub

ओली पक्षीय नेकपा कार्यकर्तालाई पनि कार्की ब्यांक्वेटमै प्रशिक्षण दिइने

सुदूरपश्चिम प्रदेशका कार्यकर्तालाई प्रशिक्षण


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको ओली समूहले आजदेखि कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरू गरेको छ । प्रचण्ड माधव समूहले देशभर शक्तिप्रदर्शन गरेको भोलिपल्टबाट ओली समूह आफ्ना नेता कार्यकर्ताको प्रशिक्षणमा जुटेको हो ।

आजको प्रशिक्षण नेकपाको सुदूरपश्चिम प्रदेशका नेता कार्यकर्ताका लागि हुने प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रम १२ बजेदेखि काठमाडौँको कार्की ब्यांक्वेटमा हुने उनले बताए ।

यसअघि प्रचण्ड– माधव नेपाल समूहको नेकपाले कार्यक्रम गर्दै आएको कार्की ब्यांक्वेटमै केपी शर्मा ओली नेतृत्वको नेकपाले कार्यकर्ता भेला तथा प्रशिक्षण गर्न थालेको हो ।

यसअघि प्रचण्ड–नेपाल समूहले पनि कार्की ब्यांक्वेटमा नै भेला तथा बैठक गर्दै आएका थिए। सो समूहको कार्की ब्यांक्वेटमा नै बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउने निर्णइ गरेको थियो।

ओली समूहले त्यही ठाउँमा कार्यकर्ता भेला तथा प्रशिक्षण राख्नुलाई रणनीतिक रुपमा हेरिएको छ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १० : ४९ बजे

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिम पटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौं– काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

जेनेभा– फिफा विश्वकपलगायतका प्रमुख प्रतियोगितामा निजी इक्विटी लगानी भित्र्याउने अध्यक्ष

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना