‘प्रचण्ड’ कसरी सत्ता कब्जा गर्ने भन्नेमा मात्रै केन्द्रित रहे : ओली « Khabarhub

‘प्रचण्ड’ कसरी सत्ता कब्जा गर्ने भन्नेमा मात्रै केन्द्रित रहे : ओली


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पद मात्र खोजेको आरोप लगाएका छन्।

ओली पक्षको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको ध्यान सत्ता कब्जा गर्नेमा मात्रै केन्द्रित रहेको बताएका हुन् ।

दाहाल-नेपाल समूहलाई कटाक्ष गर्दै उनले भने, ‘केही मान्छेहरू एउटा राम्रो डुंगामा हुनुहुन्थ्यो। तर, उहाँहरूले समातेर अघि बढ्न दिनुभएको थिएन। अहिले डुंगा बढ्यो। तर, उहाँहरू छुट्टिनुभयो।’

प्रचण्ड पक्ष पार्टी एकताको विरोधमै रहेको बताए। कम्युनिस्ट एकता कायम गर्नका लागि धेरै प्रयास गरेको भए पनि सम्भव नभएको उनको भनाइ थियो ।

प्रचण्डले आफूसँग मिलेर चुनाव जितेपछि पनि कांग्रेससँग मिलेर सरकार बनाउन खोजेको आरोप लगाए।

उनले दाहालसँगको सम्झौताले आफ्नो एउटा ब्रिफकेश नै भरिएको समेत बताए । दाहालसँग थुप्रै सम्झौता गरिसकेकाले अब कति सम्झौता गर्ने भन्दै प्रश्न गरेका थिए ।

उनले भने, ‘प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेश भरिएको छ । कति सम्झौता गर्नु ?’

‘पार्टीको कार्यकारी अध्यक्षको प्रस्ताव पनि उहाँले नै सचिवालयमा राख्नुभयो । मैले हुन्छ भनिदिए ,’ ओलीले भने, ‘भोलिपल्ट मैले गल्ती गरेँ कि क्या हो कमरेड भनेर मलाई भन्नुभयो ।’

प्रचण्डले षड्यन्त्रकारी प्रवृत्ति छोड्न भने पनि नमानेको उनले आरोप लगाए ।  मित्रताको अंगालो हाले पनि प्रचण्डले धृतराष्ट्रको जस्तो अंगालो हालेको बताए।

‘मैले मित्रताको अंगालोे हाल्न खोज्ने तर उहाँ धृतराष्ट्र बन्न खोज्नुभयो।’

सरकारका कामकारबाहीमा प्रचण्डले सहयोग नगरेको समेत उनले बताए । आजित भएर आफूले संवैधानिक परिषद अध्यादेश ल्याएको जिकीर गरे ।

पार्टीको केन्द्रीय समितिले गरेको निर्णय अनुसार महाधिवेशन गर्ने भनिए पनि दाहालकै कारणले सारिएको समेत उनले बताएका थिए ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ५ : २९ बजे

विश्वकप क्रिकेट लिग–२ : अमेरिकाले ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज

एमाले सचिवालय बैठक स्थगित, सोमबार बस्ने

काठमाडौँ– नेकपा एमालेको आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लाले च्याम्पियन्स लिग खेल्ने पक्का

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई हराउँदै एस्टन भिल्लाले अर्को

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति

अनलाइनमार्फत घरमै नक्सा प्राप्त

भोजपुर– प्रविधिको तीव्र विकाससँगै अब घरमै बसेर जग्गाको नक्सा प्राप्त