‘प्रचण्ड’ कसरी सत्ता कब्जा गर्ने भन्नेमा मात्रै केन्द्रित रहे : ओली « Khabarhub

‘प्रचण्ड’ कसरी सत्ता कब्जा गर्ने भन्नेमा मात्रै केन्द्रित रहे : ओली


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पद मात्र खोजेको आरोप लगाएका छन्।

ओली पक्षको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको ध्यान सत्ता कब्जा गर्नेमा मात्रै केन्द्रित रहेको बताएका हुन् ।

दाहाल-नेपाल समूहलाई कटाक्ष गर्दै उनले भने, ‘केही मान्छेहरू एउटा राम्रो डुंगामा हुनुहुन्थ्यो। तर, उहाँहरूले समातेर अघि बढ्न दिनुभएको थिएन। अहिले डुंगा बढ्यो। तर, उहाँहरू छुट्टिनुभयो।’

प्रचण्ड पक्ष पार्टी एकताको विरोधमै रहेको बताए। कम्युनिस्ट एकता कायम गर्नका लागि धेरै प्रयास गरेको भए पनि सम्भव नभएको उनको भनाइ थियो ।

प्रचण्डले आफूसँग मिलेर चुनाव जितेपछि पनि कांग्रेससँग मिलेर सरकार बनाउन खोजेको आरोप लगाए।

उनले दाहालसँगको सम्झौताले आफ्नो एउटा ब्रिफकेश नै भरिएको समेत बताए । दाहालसँग थुप्रै सम्झौता गरिसकेकाले अब कति सम्झौता गर्ने भन्दै प्रश्न गरेका थिए ।

उनले भने, ‘प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेश भरिएको छ । कति सम्झौता गर्नु ?’

‘पार्टीको कार्यकारी अध्यक्षको प्रस्ताव पनि उहाँले नै सचिवालयमा राख्नुभयो । मैले हुन्छ भनिदिए ,’ ओलीले भने, ‘भोलिपल्ट मैले गल्ती गरेँ कि क्या हो कमरेड भनेर मलाई भन्नुभयो ।’

प्रचण्डले षड्यन्त्रकारी प्रवृत्ति छोड्न भने पनि नमानेको उनले आरोप लगाए ।  मित्रताको अंगालो हाले पनि प्रचण्डले धृतराष्ट्रको जस्तो अंगालो हालेको बताए।

‘मैले मित्रताको अंगालोे हाल्न खोज्ने तर उहाँ धृतराष्ट्र बन्न खोज्नुभयो।’

सरकारका कामकारबाहीमा प्रचण्डले सहयोग नगरेको समेत उनले बताए । आजित भएर आफूले संवैधानिक परिषद अध्यादेश ल्याएको जिकीर गरे ।

पार्टीको केन्द्रीय समितिले गरेको निर्णय अनुसार महाधिवेशन गर्ने भनिए पनि दाहालकै कारणले सारिएको समेत उनले बताएका थिए ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ५ : २९ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको