डिप्रोक्समा बिलय हुने भयो नाडेप, देशकै बलियो लघुवित्त बन्ने प्रतिबद्धता « Khabarhub

डिप्रोक्समा बिलय हुने भयो नाडेप, देशकै बलियो लघुवित्त बन्ने प्रतिबद्धता


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमीटेडले नाडेप लघुवित्त वित्तीय संस्था लिमीटेडलाई प्राप्ति(एक्वीजिसन) गर्ने भएको छ ।

प्राप्ति सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा यी दुई संस्थाका अध्यक्षले बुधबार हस्ताक्षर गरेका हुन् ।

प्राप्ति सम्बन्धी समझदारीपत्रमा डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनाल र नाडेपका अध्यक्ष पिताम्बरप्रसाद आचार्यले हस्ताक्षर गरेका छन् ।

यस्तै, रमेशकुमार रघुवंशीको संयोजकत्वमा नरेशमान प्रधान, हरिकृष्ण सुवेदी र वेदप्रसाद शिवाकोटी सदस्य रहेका संयुक्त प्राप्ति समिति गठन गरिएको उल्लेख छ ।

लघुवित्त क्षेत्रमा देखापरेको दोहोरो प्रतिस्पर्धा घटाउन एवम् धेरै लघूवित्त वित्तीय संस्थाहरुले एउटै सदस्यलाई लगानी गरेका कारणले सिर्जना भएको अवस्था र यसले अर्थतन्त्रमा पार्नसक्ने दूरगामी प्रभावलाई विश्लेषण गर्दै एक सबल र सक्षम लघूवित्त वित्तीय संस्थाको रुपमा स्थापित भई ग्राहक सदस्यहरुलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतहरुमा अभिवृद्धि गरी दीर्घकालसम्म स्तरीय सेवा प्रदानका लागि प्राप्ति सम्बन्धी समझदारीमा हस्ताक्षर भएको दुवै संस्थाले जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।

चितवन जिल्लाको भरतपूरमा केन्द्रीय कार्यालय रही देशका ७१ जिल्लामा १२३ शाखा कार्यालयहरुमार्फत करिब २ लाख २२ हजार भन्दा बढी विपन्न सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्तापूँजी रु.१ अर्ब ५४ लाख रहेको छ भने धादिंग जिल्लाको गजूरीमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्तापूँजी रु. ४० करोड ४८ लाख रहेको र देशका ४६ जिल्लामा ७८ शाखा कार्यालयहरुमार्फत ८० हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमीटेड र नाडेप लघुवित्त वित्तीय संस्था लिमीटेडको लगानीमा रहिरहेको कर्जा रकम क्रमशः रु. १४ अर्ब ८३ करोड र रु. ४ अर्ब ५४ करोड रहेकोमा प्राप्ति पश्चात जम्मा रु. १८ अर्ब ३७ करोड हुनेछ बचततर्फ डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमीटेडको रु. ५ अर्ब ६२ करोड र नाडेपको रु. १ अर्ब ५४ करोड समेत गरी जम्मा ७ अर्ब १६ करोड कायम हुनेछ ।

यी दुई संस्था एक भएपछि लघुवित्त वित्तीय संस्थाको क्षेत्रमा एउटा सवल, सक्षम र नेतृत्वदायी लघुवित्त वित्तीय संथाको रुपमा स्थापित भई अग्रणी लघुवित्त वित्तीय संस्था बन्ने र ग्राहक सदस्यहरुले पनि स्तरीय सेवा पाउने तथा सेयरधनीलाई समेत राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ३ : १९ बजे

प्रधानमन्त्रीसँको छलफलमा सुहाङ जाँदा हर्कले गरे बहिष्कार

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले कोशी प्रदेशबाट निर्वाचित सबै दलका सांसदहरूसँग

संसद् बैठक बोलाउन प्रधानमन्त्रीलाई अध्यक्ष साम्पाङको आग्रह

काठमाडौं– श्रम संस्कृतिका पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई

विश्वभर तेलको भाउ बढ्दा अष्ट्रेलियन शेयर बजारमा गिरावट

सिड्नी- सोमबार अष्ट्रेलियाको शेयर बजार प्रारम्भिक कारोबारमै १.४ प्रतिशतले घटेको

रानीवासमा महिला सामुदायिक भवन निर्माण

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीवासमा महिला सामुदायिक भवन निर्माण सम्पन्न

एक दिन टिकेन इन्ट्रान्स र ब्रिजकोर्स बन्द गर्ने निर्णय : शिक्षा मन्त्रालयको वेबसाइटबाटै पत्र गायब !

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले प्रवेश परीक्षा तयारी कक्षा