मन्थली विमानस्थलको चउरमा धस्सियो तारा एयरको विमान | Khabarhub Khabarhub

मन्थली विमानस्थलको चउरमा धस्सियो तारा एयरको विमान


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– रामेछापको मन्थली विमानस्थलमा तारा एयरको जहाज अवतरणका क्रममा चिप्लिएर चउरमा धस्सिएको छ ।

काठमाडौंबाट लुक्लाका लागि उडेको तारा एयर नाइन एन एकेके कल साइन भएको डोर्नियर विमान खराब मौसमका कारण लुक्लामा अवतरण हुन नसकेपछि मन्थली फर्किएको थियो ।

मन्थलीमा अवतरणका क्रममा जहाजको चक्का विमानस्थलको सुरक्षाका लागि लगाइएको तारजालीमा ठोक्किएको थियो ।

तारजालीमा ठोक्किएपछि अनियन्त्रित भएको जहाज रनवे छाडेर चउरमा गएर धस्सिएको जिल्ला प्रहरी कार्यालय रामेछापका निमित्त प्रमुख, प्रहरी निरीक्षक शेख अदालतले खबरहबलाई जानकारी दिए ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरी निरीक्षक अदालतले जानकारी दिए । यद्यपि जहाजको चक्कामा भने क्षति पुगेको उनले जानकारी दिए ।

जहाजमा १४ जना यात्रु सवार रहेका जनाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  १० : ४६ बजे

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर – गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट

शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छः शिक्षा मन्त्री पन्त

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी