प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ सेमिफाइलनमा प्रवेश, गण्डकी ७ रनमै ‘अलआउट’ « Khabarhub

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ सेमिफाइलनमा प्रवेश, गण्डकी ७ रनमै ‘अलआउट’


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश नम्बर १ ले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश ७ रनमै अलआउट भएको छ ।

नौं जना खेलाडी एक पछि अर्को गर्दै शून्यमा आउट भएपछि गण्डकीले यो नतिजा भोग्न परेको हो ।

दाङमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रपितयोगिताको दोस्रो सेमिफाइनल खेलमा गण्डकीले प्रतियोगिताकै कमजोर प्रदर्शन प्रस्तुत गरेको हो ।

गण्डकीका लागि ब्याटर सोनिँया थापा र कुशुगोदारले समान दुई–दुई अंक जोडे भने बाँकी खेलाडीले रन जोड्न सकेनन् ।

गण्डकीविरुद्ध प्रदेश नम्बर १ कि संगिता राईले पाँच विकेट लिइन भने सबनम राईले चार विकेट र अप्शरी बेगमले एक विकेट लिइन् ।

गण्डकीविरुद्ध पहिलो ब्याटिङ गरेको प्रदेश नम्बर १ ले निर्धारित ओभरमा १ विकेट गुमाएर १ सय ४७ रन बनायो ।

ओपनर काजल श्रेष्ठ र रोमा थापाले अर्धशतकीय इनिङ्स खेले । रुबिना क्षेत्रीले १५ रनको योगदान दिइन् । प्रदेश १ ले २९ रन अतिरिक्त प्राप्त गरेको थियो । गण्डकीकी कुशुम गोदारले १ विकेट लिइन् ।

जितसँगै प्रदेश १ समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गर्यो । समूहकै अर्को खेलमा बागमतीलाई पराजित गर्दै सुदुरपश्चिम समेत अन्तिम ४ मा प्रवेश गरेको छ ।

फाइनल प्रवेशका लागि अब समुह बीको समुह विजेता प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेश र सुदुरपश्चिमले समुह एको विजेता एपीएफसँग खेल्नेछ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ५ : ४२ बजे

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले

मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा व्यस्त, वार्षिक पाँच लाख आम्दानी

काठमाडौं– घुमारचोक र लप्सेका किसानहरु इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ

कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च पुग्यो

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा