सशस्त्रका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस  | Khabarhub Khabarhub

सशस्त्रका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस 


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरीका छ जना एसएसपी डीआईजीमा बढुवा सिफारिश भएका छन् ।

गृहसचिव महेश्वर न्यौपानको अध्यक्षतामा बिहीबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिश गरेको हो ।

बढुवाका लागि सिफारिश भएकाहरुमा एसएसपीहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्वाङ छन् ।

सशस्त्रमा सात जना डिआईजीको दरबन्दी रिक्त रहेको भए पनि हाल ६ जना मात्रै बढुवाका लागि सिफारिस भएका हुन ।

सशस्त्र प्रहरी नियमवाली–२०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ ।

जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)सदस्य सचिव रहन्छन ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ७ : ३३ बजे

जलिरहेको प्यारासुटबाट जम्प गरेर टम क्रुजले राखे विश्व कीर्तिमान

काठमाडौं – हलिउड नायक टम क्रुजले जलिरहेको प्यारासुटबाट जम्प गरेर

मुस्लिम धर्मावलम्बीलेआज बकर ईद मनाउँदै

काठमाडौं– मुस्लिम धर्मावलम्बीहरुले दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा)

उत्तरी मेसेडोनिया र बेल्जियमको बराबरी

काठमाडौं– विश्वकप फुटबलको समूह ‘जे’को खेलमा बेल्जियम र उत्तरी मेसेडोनियाले

आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

काठमाडौं– ‘खाद्य पदार्थमा स्वच्छता : विज्ञानको अपरिहार्यता’ नाराका साथ शनिबार

आमिरको फरक रणनीति : ओटीटीमा ‘सितारे जमिन पर’ नआउने, युट्युबमा आउने

काठमाडौं – बलिउड नायक आमिर खानको महात्वकांक्षी फिल्म ‘सितारे जमिन