राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि, सबै दलका नेताले सम्बोधन गर्दै | Khabarhub Khabarhub

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि, सबै दलका नेताले सम्बोधन गर्दै


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको हिउँदे अधिवेशन आज सुरू हुँदैछ ।

हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमा आज सबै दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।

बिहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्दै आजको बैठकमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका नेताबाट सम्बोधन गर्ने निर्णय गरेको हो ।

बैठकको शुरुमै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउनेसँगै मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रसमेत सभामा पेश हुनेछ ।

सभामा अध्यादेशहरु समेत टेवल हुने र विभिन्न समितिका प्रतिवेदनसमेत पेश गर्ने कार्यसूची तय भएको छ ।

तर संविधान, कानून र संसद् नियमावलीले राष्ट्रियसभाले बनाउने कानूनलाई प्रतिनिधिसभाले पारित गरे मात्र अन्तिम रूप पाउने व्यवस्था गरेकाले थप कानून नबन्ने निश्चित भएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सरकारले वैशाख १७ र २७ का लागि मध्यावधि चुनाव घोषणा गरेको छ ।

सरकारको सो कदमविरूद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । सोही प्रकरणपछि सत्तारूढ नेकपा विभाजन भएको छ । यद्यपि त्यसले वैधता पाइसकेको छैन ।

दाहाल-नेपाल समूह र ओली समूहबीचको समान्तर बैठकले पुस ५ को प्रकरणको विरोध र बचाउ गरिरहेका छन् ।

यो विषयले राष्ट्रियसभामा पनि प्रवेश पाउने देखिएको छ । दाहाल-नेपाल समूहका सदस्यहरूले सरकारको पुस ५ को कदमको आलोचना गर्नेछन् ।

पार्टीभित्र अप्ठ्यारोमा परेपछि यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले  असार १८ गते दुवै सदनका अधिवेशन अन्त्यको सिफारिस गरेका थिए । तर, यसबीचमा प्रतिनिधिसभा नै विघटन भएपछि नेपालको राजनीतिले नयाँ मोड लिएको छ ।

प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रियसभाको एकल अधिवेशन बस्ने संवैधानिक व्यवस्थाका कारण अधिवेशन सुरू हुन लागेको हो । संविधानको धारा ९३ मा भनिएको छ, ‘यस संविधानबमोजिम राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनको आह्वान गर्नेछ।’

राष्ट्रियसभा सचिवालयका अनुसार ६ वटा विधेयक सभामा प्रस्तुत हुन बाँकी छन् । १० वटा विधेयक विभिन्न समितिमा छलफलका क्रममा छन् ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ७ : ३१ बजे

पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

तुलसीपुर – निरन्तरको वर्षाद्ले राप्ती लोकमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि

झरीमा रुझेको काठमाडौं (तस्बिरहरू)

काठमाडौं- पछिल्लो २४ घण्टायता देशभर पानी परिरहेको छ । अबिरल वर्षाका

पाकिस्तानमा साम्प्रदायिक द्वन्द्वमा ३७ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा जारी साम्प्रदायिक झडपमा परी मृत्यु हुनेको

वकिलहरूको विरोध र विवादबीच न्यायाधीश नियुक्ति गर्न न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सेवानिवृत हुन एकसाता मात्रै बाँकी छ।

कुमारी बैंकको दसैँ उत्सव क्यासब्याक अफर सञ्चालनमा

काठमाडौं– कुमारी बैंकले दसैँ उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ