प्रदेश २ नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव | Khabarhub Khabarhub

प्रदेश २ नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रदेश २ को नेकपा संसदीय दलको नेताबाट सत्यनरायण मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई समर्थन गर्दै ओली समूहमा प्रवेश गरेको भन्दै १७ जना सांसदको हस्ताक्षरसहित मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

दुई दिनअघि उपनेता रामकुमार यादवसमक्ष अविश्वासको प्रस्ताव दर्ता गराएको र आइतवार त्यस विषयमा छलफल तथा निष्कर्ष लगाउन दलको बैठक डाकिएको प्रचण्ड–नेपाल समुहका सांसद शत्रुधन महतोले जानकारी दिए ।

शुक्रबार जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफुहरुको पक्षमा २० जना सांसद रहेको दावी गरे । यद्धपी संसदीय दलको नेता कसलाई चयन गर्ने विषय पार्टीमा छलफल भइरहेको र टुंगो लाग्न बाँकी रहेको महतोले बताए ।

प्रदेशसभामा पूर्वमाओवादीका ११ र एमालेका २१ जना गरी ३२ जना सांसद छन् । पूर्वमाओवादीबाट प्रमिलाकुमारी यादव, फूलियादेवी सदा, भरतप्रसाद साह, रामकुमार यादव, जगतप्रसाद यादव र रुबीकुमारी कर्ण प्रचण्ड–नेपाल समुहमा छन् ।

यस्तै पूर्वएमालेबाट गोविन्दबहादुर न्यौपाने, डिल्ली उप्रेती, प्रमोद यादव, अशोक यादव, मदनसेन श्रीवास्तव, मन्जु यादव, शत्रुधन महतो, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा, सीता गुरुङ गरी १३ जना आफुहरुको पक्षमा रहेको महतोको दावी छ ।

बिहीबार सम्पन्न प्रचण्ड–नेपाल समुहको नेकपा प्रदेश कमिटीको बैठकले प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविरुद्ध एक हजार एक सदस्यीय प्रदेशस्तरिय संघर्ष समिति गठन गरिएको नेकपा प्रदेश सह–ईन्चार्ज विश्वनाथ साहले बताए ।

उनकै संयोजकत्वमा गठित संघर्ष समितीले प्रदेशका आठवटै जिल्ला, स्थानीय तह र वडाहरुमा संघर्ष समिति गठन गरी पुस १८ देखि २४ गतेसम्म आन्दोलनका कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १ : ४९ बजे

साउदी अरबमा ट्रम्प : इरानलाई रोक्नेदेखि हतियार बिक्रीसम्मको स्वार्थ

रियाद- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार साउदी अरब पुगेका छन्।

वायुसेवा निगमका दुईवटा ट्वीनअटर सञ्चालनमा

काठमाडौं– आन्तरिक उडानतर्फ सञ्चालनमा रहेका नेपाल वायुसेवा निगमका दुईवटा ट्वीनअटर

प्रधानमन्त्री भलिबल कपमा शिवम् सिमेन्टले सहकार्य गर्ने

काठमाडौं– प्रधानमन्त्री कप भलिबल प्रतियोगिताको स्ट्रेन्थ पार्टनरको रुपमा शिवम् सिमेन्टले

प्रधानमन्त्रीको दाबी- अर्थतन्त्रको गाडी लयमा ल्यायौँ, अब त्रिशूलीमा खस्दैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँङ्कन

गोर्खा भर्ती : १४५ तालिम केन्द्रमा छाती नाप्दै युवा

धरान – ‘यदि मेरो सेनामा गोर्खाहरू हुन्थे भने म संसारै