प्रदेश २ नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव « Khabarhub

प्रदेश २ नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रदेश २ को नेकपा संसदीय दलको नेताबाट सत्यनरायण मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई समर्थन गर्दै ओली समूहमा प्रवेश गरेको भन्दै १७ जना सांसदको हस्ताक्षरसहित मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

दुई दिनअघि उपनेता रामकुमार यादवसमक्ष अविश्वासको प्रस्ताव दर्ता गराएको र आइतवार त्यस विषयमा छलफल तथा निष्कर्ष लगाउन दलको बैठक डाकिएको प्रचण्ड–नेपाल समुहका सांसद शत्रुधन महतोले जानकारी दिए ।

शुक्रबार जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफुहरुको पक्षमा २० जना सांसद रहेको दावी गरे । यद्धपी संसदीय दलको नेता कसलाई चयन गर्ने विषय पार्टीमा छलफल भइरहेको र टुंगो लाग्न बाँकी रहेको महतोले बताए ।

प्रदेशसभामा पूर्वमाओवादीका ११ र एमालेका २१ जना गरी ३२ जना सांसद छन् । पूर्वमाओवादीबाट प्रमिलाकुमारी यादव, फूलियादेवी सदा, भरतप्रसाद साह, रामकुमार यादव, जगतप्रसाद यादव र रुबीकुमारी कर्ण प्रचण्ड–नेपाल समुहमा छन् ।

यस्तै पूर्वएमालेबाट गोविन्दबहादुर न्यौपाने, डिल्ली उप्रेती, प्रमोद यादव, अशोक यादव, मदनसेन श्रीवास्तव, मन्जु यादव, शत्रुधन महतो, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा, सीता गुरुङ गरी १३ जना आफुहरुको पक्षमा रहेको महतोको दावी छ ।

बिहीबार सम्पन्न प्रचण्ड–नेपाल समुहको नेकपा प्रदेश कमिटीको बैठकले प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविरुद्ध एक हजार एक सदस्यीय प्रदेशस्तरिय संघर्ष समिति गठन गरिएको नेकपा प्रदेश सह–ईन्चार्ज विश्वनाथ साहले बताए ।

उनकै संयोजकत्वमा गठित संघर्ष समितीले प्रदेशका आठवटै जिल्ला, स्थानीय तह र वडाहरुमा संघर्ष समिति गठन गरी पुस १८ देखि २४ गतेसम्म आन्दोलनका कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १ : ४९ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर