पूरा भएन जोखिम वर्गका भूकम्पपीडितको सपना « Khabarhub

पूरा भएन जोखिम वर्गका भूकम्पपीडितको सपना


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– भूकम्प गएको पनि झण्डै पाँच वर्ष बित्न लाग्यो, तर जोखिम वर्गका भूकम्पपीडितको सपना भने अझै पूरा हुन सकेको छैन ।

विसं ०७२ वैशाख १२ गते दिउँसो गएको विनाशकारी भूकम्पले तनहुँका जोखिम वर्गका भूकम्पपीडितको नयाँ घर निर्माण हुन सकेको छैन ।

तनहुँमा ५४१ जना जोखिम वर्गका लाभग्राही रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँले जनाएको छ ।

विनाशकारी भूकम्पपछि घरविहीन अवस्थामा पुगेका ती लाभग्राहीको समस्या समाधानको लागि पहल कदमीसमेत हुन नसकेको कार्यालयका कम्प्युटर अपरेटर सुजन तिवारीले जानकारी दिए ।

भूकम्पबाट प्रभावित निजी आवास पुनःनिर्माण अनुदान वितरण कार्यविधिअनुसार ७० वर्षमाथिका ज्येष्ठ नागरिक, ६५ वर्ष नाघेका अशक्त एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा १६ वर्षमुनिका नाबालिगलाई जोखिम वर्गका लाभग्राहीका रुपमा लिने गरिएको छ ।

छिमेकी जिल्ला गोरखा, लमजुङलगायतका जिल्लामा विभिन्न गैरसरकारी संस्थाको सहयोगमा यस्ता घर निर्माण गरिदिए पनि यस जिल्लामा त्यस्ता संस्था नहुँदा घर बन्न नसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख जयप्रकाश गुप्ताले बताए ।

सरकारको सूचीमा भूकम्पबाट अति प्रभावित जिल्लाका रुपमा तनहुँ जिल्ला नपरेकाले त्यस्ता लाभग्राहीलाई सहयोग गर्न गैरसरकारी संस्था आउन नसकेको उनले बताए ।

कतिपय लाभग्राहीसँग रकम भए पनि हेरचाह गरिदिने, पसलबाट किनेर ल्याइदिने जनशक्ति नहुँदा उनीहरुले नयाँ घर निर्माण सकिरहेका छैनन् । एकाइ प्रमुख गुप्ताले भने, “स्थानीय पालिकासँग समन्वय गरी उनीहरु घर बनाउन पहल कदमी भइरहेको छ ।”

प्राधिकरणले यस्ता जोखिम वर्गका लाभग्राहीलाई निजी आवास पुनःनिर्माणका लागि थप रु ५० हजार अनुदान दिने व्यवस्था गरेको छ । रकम नपुगेर आवास पुनःनिर्माण रोकिएका यस्ता लाभग्राहीलाई मात्र यो अनुदान रकम उपलब्ध गराइने व्यवस्था रहेको सो कार्यालयले जनाएको छ ।

भूकम्पबाट तनहुँमा १५ हजार ९६३ लाभग्राहीमध्ये नौ हजार १०९ लाभग्राहीले तेस्रो किस्ताबापतको रकम लिइसकेका छन् ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  २ : १५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको