पूरा भएन जोखिम वर्गका भूकम्पपीडितको सपना « Khabarhub

पूरा भएन जोखिम वर्गका भूकम्पपीडितको सपना


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– भूकम्प गएको पनि झण्डै पाँच वर्ष बित्न लाग्यो, तर जोखिम वर्गका भूकम्पपीडितको सपना भने अझै पूरा हुन सकेको छैन ।

विसं ०७२ वैशाख १२ गते दिउँसो गएको विनाशकारी भूकम्पले तनहुँका जोखिम वर्गका भूकम्पपीडितको नयाँ घर निर्माण हुन सकेको छैन ।

तनहुँमा ५४१ जना जोखिम वर्गका लाभग्राही रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँले जनाएको छ ।

विनाशकारी भूकम्पपछि घरविहीन अवस्थामा पुगेका ती लाभग्राहीको समस्या समाधानको लागि पहल कदमीसमेत हुन नसकेको कार्यालयका कम्प्युटर अपरेटर सुजन तिवारीले जानकारी दिए ।

भूकम्पबाट प्रभावित निजी आवास पुनःनिर्माण अनुदान वितरण कार्यविधिअनुसार ७० वर्षमाथिका ज्येष्ठ नागरिक, ६५ वर्ष नाघेका अशक्त एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा १६ वर्षमुनिका नाबालिगलाई जोखिम वर्गका लाभग्राहीका रुपमा लिने गरिएको छ ।

छिमेकी जिल्ला गोरखा, लमजुङलगायतका जिल्लामा विभिन्न गैरसरकारी संस्थाको सहयोगमा यस्ता घर निर्माण गरिदिए पनि यस जिल्लामा त्यस्ता संस्था नहुँदा घर बन्न नसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख जयप्रकाश गुप्ताले बताए ।

सरकारको सूचीमा भूकम्पबाट अति प्रभावित जिल्लाका रुपमा तनहुँ जिल्ला नपरेकाले त्यस्ता लाभग्राहीलाई सहयोग गर्न गैरसरकारी संस्था आउन नसकेको उनले बताए ।

कतिपय लाभग्राहीसँग रकम भए पनि हेरचाह गरिदिने, पसलबाट किनेर ल्याइदिने जनशक्ति नहुँदा उनीहरुले नयाँ घर निर्माण सकिरहेका छैनन् । एकाइ प्रमुख गुप्ताले भने, “स्थानीय पालिकासँग समन्वय गरी उनीहरु घर बनाउन पहल कदमी भइरहेको छ ।”

प्राधिकरणले यस्ता जोखिम वर्गका लाभग्राहीलाई निजी आवास पुनःनिर्माणका लागि थप रु ५० हजार अनुदान दिने व्यवस्था गरेको छ । रकम नपुगेर आवास पुनःनिर्माण रोकिएका यस्ता लाभग्राहीलाई मात्र यो अनुदान रकम उपलब्ध गराइने व्यवस्था रहेको सो कार्यालयले जनाएको छ ।

भूकम्पबाट तनहुँमा १५ हजार ९६३ लाभग्राहीमध्ये नौ हजार १०९ लाभग्राहीले तेस्रो किस्ताबापतको रकम लिइसकेका छन् ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  २ : १५ बजे

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको

अपर ठूलोखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय लाइनमा जोडियो

म्याग्दी– २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट