२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ।  जसमध्ये पछिल्लो २४ घण्टामा ४२६ संक्रमित थपिएका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमित मध्ये प्रदेश १ को इलाममा १, ओखलढुंगामा १, झापामा १६, धनकुटामा १, मोरङमा १० र सुनसरीमा ६ जना रहेका छन् ।

यसैगरी प्रदेश २ को पर्सामा २, बारामा १, रौतहटमा १, सप्तरीमा २ र सर्लाहीमा २ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी बागमती प्रदेशको काठमाडौंमा १३४, काभ्रेमा १, चितवनमा १३, दोलखामा १, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा १५, मकवानपुरमा ८, रसुवामा ११, ललितपुरमा १८ र सिन्धुलीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशको कास्कीमा २६, गोरखामा ३, तनहुँमा ३, नवलपरासीमा पूर्वमा १, म्याग्दीमा १, लमजुङमा २, बागुलङमा १ र स्याङजामा २ जना संक्रमित थपिएका छन् ।

यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ५, गुल्मीमा ४, दाङमा १९, नवलपरासीमा ६, पाल्पामा ४, प्युठानमा १, बर्दियामा ४, बाँकेमा २३, रुपन्देहीमा १२ र रोल्पामा १ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी कर्णाली प्रदेशको कालिकोट, रुकुम पश्चिम र सुर्खेतमा १-१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ११, कैलालीमा २९, डडेल्धुरामा ४, दार्चुलामा ४ र बाजुरामा ८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ४ : ३७ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको