मुलुकलाई अस्थिरताबाट बचाउन संसद विघटन गरेको प्रधानमन्त्री ओलीको दाबी (भिडियोसहित) « Khabarhub

मुलुकलाई अस्थिरताबाट बचाउन संसद विघटन गरेको प्रधानमन्त्री ओलीको दाबी (भिडियोसहित)


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरताबाट बचाउन आफूले संसद विघटनको कदम चालेको बताएका छन् ।

उनले सभामुख र सांसद अराजक भएकाले संसद् विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना भएको बताएका हुन ।

विदेशमा रहेका कार्यकर्तालाई भर्चुअल सम्बोधन गर्दै ओलीले संसद र सभामुखप्रति आक्रोश व्यक्त गर्दै आफूविरुद्ध सभामुख र सांसदहरुले अराजक काम गरेकाले संसद् विघटन गर्न बाध्य भएको बताएका हुन ।

संसद्‍मा सरकारका निर्णय सभामुखले रोकेर राखेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे । नामै नलिई ओलीले एमसीसी अघि नबढाएकोमा सभामुखप्रति आक्रोश व्यक्त गरे ।

पार्टी एकता पनि मुस्किलले भएको बताए ।  तीन महिनामा एकीकरण गर्ने कुरा तीन वर्ष पनि पूरा नहुनुका पछाडि पनि उनीहरुको बक्रदृष्टि र बार्गेनिङ रहेको आरोप लगाए ।

चुनावी तालमेलका लागि आफूले नै ध्यर्यताका र कोसिश गरेको बताए । उनले भने, ‘संसदमै प्रतिपक्षको भूमिका सत्तापक्षले नै खेले, पार्टीका नेताहरुले सरकारका पक्षमा एक शब्द बोलेनन्, प्रतिपक्षभन्दा अघि बढेर सरकारको धज्जी उडाए ।’

नेतृत्वलाई कमजोर बनाउन तथा विस्थापित गरेर मात्र आफू स्थापित हुन खोज्ने प्रवृत्ति देखिएको समेत प्रधानमन्त्री ओलीले आरोप लगाए ।

हेरौँ भिडियो

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ५ : ०१ बजे

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

वीरगञ्ज– प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

काठमाडौं– काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा