प्रतिगमनकारी शक्तिले नेकपा विभाजन गरायो : गृहमन्त्री थापा (भिडियोसहित) | Khabarhub Khabarhub

प्रतिगमनकारी शक्तिले नेकपा विभाजन गरायो : गृहमन्त्री थापा (भिडियोसहित)


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापाले प्रतिगमनकारी शक्तिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गराएको बताएका छन ।

नेकपाको जिल्ला कमिटीले आज आयोजना गरेको ‘ललितपुर महानगरस्तरीय वृहत कार्यकर्ता भेला’ मा उनले मुलुकमा अस्थिरता पैदा गर्ने रणनीति प्रतिगमनकारीले नै सिर्जना गराएका भनाइ राखे ।

उनले भने, “उनीहरुले नेकपाको कमजोरी सुक्ष्म रुपमा अध्ययन गरेको देखिन्छ, मुलुकमा नयाँ स्थायित्व र सुशासन कसरी प्राप्त गर्ने भन्ने हामीलाई चुनौती भइरहेको हुँदा यसको विरोधमा उभिनेछौँ ।”

अब इतिहासले सुम्पिएको नयाँ जिम्मेवारी बहन गर्नुपर्ने बेला भएको मन्त्री थापाले बताए ।

हेरौँ भिडियो

यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जनताका बीचमा जान कायर मात्र डराउने बताउँदै अब वैशाखमा हुने भनिएको निर्वाचनमा सबैलाई जुट्न आग्रह गरेका थिए ।

नेकपाका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद नवराज सिलवालले नेकपालाई तहसनहस गर्न असन्तुष्ट नेता उभिएकाले सबैलाई मिलेर निर्वाचनमा जान अनुरोध गरे ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ५ : ३९ बजे

यी प्रदेशमा चट्याटङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप

सोलुखुम्बु– सोलुखुम्बुको फाप्लु जिल्ला अस्पतालले क्षमताभन्दा बढी सेवा दिनुपर्दा समस्या

ट्रम्पको हस्तक्षेपले रोकिएन अमेरिकामा आप्रवासीको प्रदर्शन

लस एन्जलस – अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्डको

ज्येष्ठ नागरिकलाई सम्मान

ओखलढुङ्गा– ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइका साथै ज्येष्ठ नागरिकलाई

सदरमुकामकै सडक एक दशकदेखि जीर्ण

पर्वत– पर्वतको जिल्ला सदरमुकाम कुश्मा बजारभित्रकै एक सडक विगत १०