राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने « Khabarhub

राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने भएको छ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक पुस २३ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी बोलाएका हुन ।

आज बसेको बैठकमा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी दल जसपाका नेताहरूले दलका तर्फबाट धारणा राखेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विषयमा दलका नेताहरूले विरोध गरे ।

नेकपाका सांसद दिनानाथ शर्मा, कांग्रेस सांसद जितेन्द्रनारायण देव र जसपा सांसद प्रमिला कुमारीले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी रहेको भन्दै विरोध गरे ।

पूर्वसांसदहरूको निधनमा आजको बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ।

बैठकको आरम्भमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

 

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ५ : ५५ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल