पश्चिमी वायुको प्रभाव कायमै, वर्षा र हिमपातको पूर्वानुमान « Khabarhub

पश्चिमी वायुको प्रभाव कायमै, वर्षा र हिमपातको पूर्वानुमान


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी वायुको प्रभाव कायमै रहँदा आज मुलुकका केही भू-भागमा वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै ती प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भू-भागमा सामान्यतया मौसम सफा रहे पनि तराई क्षेत्रमा हुस्सु लागिरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहानको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम १.३ डिग्री सेल्सियस मापन गरिएको छ ।

चिसो रहिरहने भएकाले तराई र पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ८ : २५ बजे

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको

भद्रपुरमा १६८ सिटी सफारी र अटो कारबाहीमा

झापा । जिल्लाका विभिन्न स्थानमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक र