वडामा नागरिक निगरानी « Khabarhub

वडामा नागरिक निगरानी


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सेवा प्रवाह प्रभावकारी र स्तरीय बनाउन कञ्चनपुरको कृष्णपुरमा स्थानीय नागरिकले वडाका गतिविधिमाथि निगरानी राख्न थालेका छन् । यहाँको कृष्णपुर नगरपालिका–१ का स्थानीय वडा कार्यालयलको हरेक गतिविधिमा निगरानी गर्दै आएका हुन् ।

सञ्जिवनी नेपालले पारस्परिक जवाफदेहीता परियोजनाअन्तर्गत उक्त वडामा स्थानीयसभा गठन गरेपछि सुशासन र वडा कार्यालयबाट हुने सेवा प्रवाहमा प्रभावकारिताका लागि स्थानीयले वडा कार्यालयबाट हुने सेवा प्रवाह र विकास निर्माणका आयोजनामा निगरानी गरिरहेको स्थानीय शिक्षक भक्तराज भण्डारीले जानकारी दिए ।

वडा कार्यालयबाट हुने योजना र बजेटकाबारेमा वडाका केही व्यक्तिबाहेक कसैलाई थाहा नभएको र स्थानीयसभा गठनपछि वडाका अधिकांश समस्या समाधान भएको उनको भनाइ छ ।

वडामा रहेका आमासमूह, शिक्षक, विभिन्न टोलका अगुवा मिलेर गठन गरेको स्थानीयसभाले वडा कार्यालयबाट हुने सेवा प्रभाव, विकास निर्माणका योजना र समाजमा रहेका अन्य समस्याका विषयमा १५ दिन अथवा तीन महिनामा छलफल गरी सुशासन र पारर्दशीताका लागि आवाज उठाउने गरेका छन् ।

सभामा छलफल गरेर वडा कार्यालयबाट हुने सेवा प्रभावहमा ढिलासुस्ती, विकास निर्माणमा हुने अनियमितता तथा समुदायमा रहेका अन्य समस्याका विषयमा समेत छलफल गरी समस्या समाधानका लागि वडाध्यक्षलाई अथवा नगर प्रमुखलाई सुझाव दिने गरेको स्थानीयसभाका सदस्यको भनाइ छ ।

त्यसैगरी मुक्त कमैया शिविरकी चुनुदेवी डगौरालाई वडा कार्यालयबाट दिइने सेवासुविधा र वडामा हुने विकास निमार्णका बारेमा कुनै जानकारी थिएन । उनले आफू स्थानीयसभामा सदस्य भएपछि मुक्त कमैयाका लागि बजेट आउने गरेको थाहा पाएको बताए ।

वडाध्यक्ष मोहनबहादुर बस्नेतले स्थानीयसभाले जनताका समस्या लिएर आउने गरेको बताए । “स्थानीयसभाले यहाँ समस्याको पहिचान गरिदिदा वडा कार्यालयलाई पनि काम गर्न सहज भएको छ”, उनले भने, “समस्या समाधान लागि अग्रसर रहेका छौँ ।”

सञ्जिवनी नेपालका अध्यक्ष नितु भट्टले स्थानीय अगुवा मिलेर बनेको सभाले वडाको विकासका लागि छलफल गर्ने गरेको बताए ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  १२ : ५५ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई