प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिमलाई हराउँदै एपीएफ फाइनलमा « Khabarhub

प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिमलाई हराउँदै एपीएफ फाइनलमा


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ।

दाङको देउखुरी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो।

मौसमका कारण केही ढिला सुरु भएको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै ६० रन बनायो। सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक अभिजित २२ रन बनाउँदा रेवती धामीले १२ रन बनाइन्। त्यसबाहेकका ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ एपीएफकी करुणा भण्डारीले ३ विकेट लिँदा सीता रानामगरले १ विकेट लिइन्।

जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १५ ओभरको समाप्तिमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। एपीएफका लागि ज्योति पाण्डेले अभिजित रहँदै सर्वाधिक २६ रन बनाउँदा सरिता मगरले १९ रन बनाइन्।

जितसँगै एपीएफले फाइनलमा आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। दोस्रो सेमिफाइनलमा प्रदेश १ र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  १ : ३३ बजे

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले

मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा व्यस्त, वार्षिक पाँच लाख आम्दानी

काठमाडौं– घुमारचोक र लप्सेका किसानहरु इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ

कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च पुग्यो

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा