'प्रचण्ड–माधव'लाई ओलीको कटाक्ष : भेट्नो कुहिएर झरेका फल (भिडियोसहित) | Khabarhub Khabarhub

‘प्रचण्ड–माधव’लाई ओलीको कटाक्ष : भेट्नो कुहिएर झरेका फल (भिडियोसहित)


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड ‘र माधवकुमार नेपाललाई समूहलाई सुन्तला खानका लागि सल्लाघारीतिर गएर नहुने तर्क गरेका छन् ।

काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन । उनले भने, ‘सुन्तला खान त सुन्तला घारीतिर जानुपर्छ सल्लाघारीतिर गएर हुँदैन।’

प्रधानमन्त्री ओलीले उनीहरुको ध्यान सत्ताका लागि मात्रै भएको आरोप लगाए । अब पार्टीलाई सुदृढ बनाएर काम गर्ने दाबी गरे।

उनले ‘दाहाल-नेपाल’लाई खिया लागेको नटबोल्टको संज्ञा  समेत दिएका छन् । उनले दुईवटा नटबोल्ट फुक्लिँदा पार्टी गतिशील भएको बताए ।

तीनवर्षदेखि पार्टी गतिशील हुन नसकेको भन्दै उनले अब पार्टीले गति लिएको दाबी गरे । उनले पार्टीबाट हटाएका मान्छेहरुले विभिन्न स्थानमा भेला गरेको भन्दै आक्रोश समेत पोखे ।

पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने प्रचण्ड र माधव समूहलाई उनले रत्नपार्कमा सिसीमा औषधि बेच्नेहरुसँग तुलना गरे ।

‘अलि अलि मान्छे त रत्नपार्कमा सिसीमा औषधि बेच्नेले पनि भेला पार्छ । उहाँहरुको हालत त्यही हो ।’

ओलीले नेकपामा असली र नक्कलीको प्रसंग कोट्याउँदै नेकपा ‘बरमजियाको पेडा पसल’ जस्तो नभएको बताए । ‘बरमजियाको पेडा पसल हो र असली र नक्कली भनेर भन्नलाई ?’

सूर्य चिन्हका लागि दाहाल-नेपाल समूहले निर्वाचन आयोगमा दर्ता गरेको निवेदनका विषयमा ओलीले भने, ‘उहाँहरुले सूर्य चिह्न हामीलाई दिनुस् भनेर निवेदन हालेछन् । जसको घर हो उ निवेदन हाल्न जान्छ ? जसको जमिन हो उ निवेदन हाल्न जान्छ ? जसको गाडी हो उ मेरो हो भनेर जानुपर्छ ? हामी निवेदन हालेर जानुपर्ने अवस्था छैन । हामी पार्टीको विधानअनुसार पार्टी सञ्चालन गरिरहेका छौँ । भेट्नो कुहेर झरेका फलले रुखै मै हुँ भनेर दाबी गर्ने ? आउनुस् बैठकमा निमन्त्रणा गरेका छौँ ।’

हेरौँ भिडियो

ओलीले आफूहरु देशको लागि लडेको तर उनीहरु छोराछोरीका लागि लडेको बताए ।

“हामी छोरा-छोरी, भाइ-बहिनीका लागि लडेका छैनौँ । हामी देशको भविष्यका लागि लडेका छौँ । कसको धन्दा कता, कसको कता, कसैको धन्दा खानतिर । अचम्म लाग्छ,” ओलीले भने, “दुईटा गुटको एउटा समीकरण पार्टी पार्टी रहेन । त्यो अवस्थामा उहाँहरुले पुर्‍याउनुभयो ।’

अध्यक्ष दाहालले पार्टीको काम नगरेर गुट सञ्चालन गरेर काम गर्न नदिएको समेत आरोप लगाए।

‘पार्टी एकताको काम तीन महिनामा सक्नुपर्ने थियो। तर, उहाँहरूले न पार्टीको काम गर्नुभयो न त सरकारलाई नै काम गर्न दिनुभयो,’ उनले भने।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ४ : ५९ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का