काठमाडौं उपत्यकामा थपिए १५४ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए १५४ कोरोना संक्रमित


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५४ कोरोना संक्रमित थपिएका छन्।

गत २४ घण्टामा भेटिएका ४१९ संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्र १५४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा १२४, भक्तपुरमा ५ र ललितपुरमा २५ जना संक्रमित थपिएका हुन ।

योसँगै काठमाडौंमा कूल संक्रमितको संख्या ९७ हजार ४ सय ४८ पुगेको छ। जसमध्ये ९४ हजार १२ जना निको भएका छन् भने ४७३ जनाको मृत्यु भएको छ।

हाल काठमाडौंमा २ हजार ८६३ जना सक्रिय संक्रमित छन्।

यसैगरी भक्तपुरमा कोरोना संक्रमितको संख्या ८ हजार ६२६ पुगेको छ । जसमध्ये ८ हजार ९०७ जना निको भएका छन् भने १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

भक्तपुरमा हाल १७५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी ललितपुरमा कुल संक्रमितको संख्या १५ हजार ३०४ पुगेको छ जसमध्ये १४ हजार ७८५ जना निको भएका छन् भने १४६ को मृत्यु भएको छ ।

ललितपुरमा हाल ३७३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ६ : १४ बजे

ओली निवास पुगेर माधव नेपालले दिए समवेदना

काठमाडौँ – नेकपा सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष

ट्याक्टरको ठक्करमा मृत्यु

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका–१ मा भएको सवारी दुर्घटनामा एक जनाको

चितवनमा तेरीको उत्पादन घट्यो

चितवन– जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका

इरान युद्ध १५ औँ दिनमा : सैन्य क्षमता सिध्याएको ट्रम्पको जिकिर, इरानद्वारा खण्डन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अवरोध पुर्‍याएको हर्मुज

फागुन महिनामा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ– पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन