कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सडक संघर्षमा जान पौडेल पक्षको दबाब « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सडक संघर्षमा जान पौडेल पक्षको दबाब


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि सडक संघर्ष कि चुनाव भन्नेमा विभाजित कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले आज पनि सडक संघर्षमा जान दबाब दिने भएको छ ।

‘चुनावमा जाँदा दुई चार सिट बढी जितिएला भन्ने लोभमा कांग्रेसले ओलीको असंवैधानिक कदमलाई साथ दिन हुन्न, सडक संघर्षमा जानै पर्छ,’ पौडेल पक्षधर एक केन्द्रीय सदस्यले भने ।

तर, सभापति शेरवहादुर देउवा पक्षधर भने सर्वोच्च अदालतमा विचाराधिक उक्त मुद्दाको छिनोफानो भएपछि मात्रै आवश्यक रणनीति बनाउने तयारीमा छ ।

अदालतमा विचाराधिन मुद्दालाई प्रभावित हुने गरी कांग्रेस संघर्षमा नउत्रने र अदालतको आदेशलाई मानेर कांग्रेस अघि बढ्ने देउवाले प्रष्ट्याइसकेको छ ।

प्रतिनिधिसभा विघटन गरेपछि गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय समिति बैठक पुस १० मा स्थगित गरिएको बैठक आज फेरि बस्न लागेको हो ।

दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकलाई अरू केही दिन लम्ब्याउने रणनीतिमा सभापति देउवा रहेको निकट स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा व्यूतिए सरकारमा जाने तथा विघटनलाई नै सदर भए गठबन्धनमा चुनावमा जान देउवा र ओलीबीच समझदारी भएको आशंका पौडेल पक्षको छ ।

सोही आशंकालाई बल पुग्ने गरी देउवा ओलीप्रति नरम बनेको तथा औपचारिकताका लागि मात्र पुस १३ मा विरोध प्रदर्शन गरेको बताइन्छ ।

तत्काल आन्दोलनमा जान देउवाको अनिच्छाले नेकपाको दाहाल-नेपाल खेमाले संयुक्तरूपमा गर्ने भन्नेको सरकारविरूद्ध आन्दोलन पनि अघि बढ्न सकेको छैन । अरू दलले संयुक्त आन्दोलनमा अनिच्छा देखाएपछि दाहाल-नेपाल समूहले एक महिनाको एकल आन्दोलन घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ८ : २५ बजे

नेपाली महलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न सरकारसँग आग्रह

काठमाडौं – अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले विदेशी मह

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा बलियो,

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

रणवीर सिंहको फिल्म ‘धुरन्धर’मा नेपाली दर्शकको चासो

काठमाडौं– यही शुक्रबारदेखि नेपालमा प्रदर्शन हुन लागेको बलिउड मल्टिस्टारर फिल्म