खाडी मुलुकमा हवाइ उडान पुन: सञ्चालन | Khabarhub Khabarhub

खाडी मुलुकमा हवाइ उडान पुन: सञ्चालन



दोहा : नयाँ प्रजातिको कोरोना संक्रमण बढ्न सक्ने भन्दै साउदी अरब, कुवेत र ओमानले लगाएको अस्थायी यात्रा प्रतिबन्ध हटाएर उडान पुनः सुचारू गरेको छ ।

साउदी अरबले दुई हप्तादेखि लगाएको अन्तर्राष्ट्रिय उडान आइतबारदेखि पुन: सञ्चालन गरेको छ । नयाँ प्रजातिको कोरोना संक्रमण बढ्न सक्ने भन्दै साउदीले गत डिसेम्बर २० देखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो ।

साउदीले युरोपेली देश, दक्षिण अफ्रिका लगायतका कोरोना भाइरसको नयाँ स्वरुप देखिएका देशका नागरिकलाई साउदी प्रवेश गर्नुभन्दा पहिले अन्य देशमा १४ दिन बसेर मात्र साउदी प्रवेश दिइने जनाएको छ ।

अन्य देशबाट साउदी प्रवेश गर्ने यात्रुहरुको हकमा भने पीसीआर परीक्षण रिपोर्ट र सात दिनसम्मको होम क्वरेटाइन अनिवार्य रहेको जनाएको छ । यता कुवेतले पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै लगाएको हवाइ उडान प्रतिबन्ध शनिबारदेखि हटाएको छ ।

विगत १० देखि बन्द रहेको विमानस्थल शनिबारदेखि पुन: सञ्चालन भएको छ । यद्यपि बेलायतबाट हुने सिधा उडानलाई भने अझै अनुमति दिएको छैन । अन्य देशबाट त्यहाँ पुगिसकेपछि स्वास्थ्य मन्त्रालयको मापदण अनुसार बस्नु पर्नेछ ।

यता,ओमानले पनि हवाइ उडान सुचारु गरेसँगै नेपालबाट ओमान प्रवेश गर्ने सबै नेपाली नागरिकले अनिवार्य रुपमा कोरोना नेगेटिभ देखाएको ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने भएको छ ।

ओमानको नागरिक उड्ययन प्राधिकरणले ओमान प्रवेश गर्ने नेपालीहरुको लागि स्वास्थ्यसम्बन्धि मापदण्डहरु अनिवार्य पालना गर्न आग्रह गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

प्राधिकरणको स्वास्थ्य मापदण अनुसार ओमान पुगेपछि सबैले सातदिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने दूतावासले जनाएको छ । बेलायतमा नयाँ प्रजातीको कोरोना देखिएको र यसको फैलावट तीब्र रहेको भन्दै धेरै मुलुकहरुले हवाइ उडान बन्द गरेका थिए ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ८ : ४५ बजे

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो

एमालेले तत्काल ओलीको विकल्प नखोज्ने, आन्दोलनमा पनि नजाने

काठमाडौँ- सम्भवत: विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ

‘भोजपुरे खुकुरी’को माग उच्च : बनाउने कालीगढको चरम अभाव

भोजपुर– परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै