उत्तर प्रदेशको मुराद नगरमा दाहसंस्कार स्थलको छाना खस्दा १७ को मृत्यु | Khabarhub Khabarhub

उत्तर प्रदेशको मुराद नगरमा दाहसंस्कार स्थलको छाना खस्दा १७ को मृत्यु


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा दाहसंस्कार स्थलको छाना खस्दा १७ जनाको मृत्यु भएको छ । यो घटना उत्तर प्रदेशस्थित मुराद नगरको हो । आइतबार भएको दुर्घटनामा अन्य ३८ जना घाइते भएका छन् ।

घटनालगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगी स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको छ। मेरठका विभागीय आयुक्त सी मेश्रामले १७ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

‘हामीले घटनाबारे अनुसन्धान सुरु गरिसकेका छौं। अनुसन्धानबाट दोषी ठहरिएका व्यक्ति वा संस्थालाई कडा कारबाही गर्नेछौं,’ मेरठका विभागीय आयुक्त सी मेश्रामले भने। यसैबीच, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गरेका छन्। ‘दुखद् घटना भएको छ। मैले जिल्ला अधिकारीहरूलाई राहत अभियान सञ्चालन गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘घटनाबाट प्रभावित सबैलाई सम्भावित सबै सहयोग प्रदान गरिनेछ।’

केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले उक्त घटनामा मृतकको परिवारप्रति शोक व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। प्रत्यक्षदर्शीका अनुसार पीडितहरू आफन्तको अन्तिम संस्कारमा सहभागिता जनाउन गएका समय दाहसंस्कार स्थलको कौसी भत्किएपछि छानो खसेको थियो। मृतकमध्ये अधिकांश व्यक्तिहरू घटनास्थलमा नै मृत भेटिएका थिए भने केहीको उपचारका क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ९ : २४ बजे

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

काठमाडौं- ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं– विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ

क्रिकेटर सन्दीपको मुद्दा न्यायाधीश निरौला र ढुंगेलको इजलासमा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालत पाटनका न्यायाधीशद्वय