निर्वाचन आयोगका कर्मचारीलाई जर्जियाको मतपरिणाम उल्ट्याउन ट्रम्पले दबाब दिएको खुलासा (अडियोसहित) | Khabarhub Khabarhub

निर्वाचन आयोगका कर्मचारीलाई जर्जियाको मतपरिणाम उल्ट्याउन ट्रम्पले दबाब दिएको खुलासा (अडियोसहित)


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्जिया राज्यका उच्च निर्वाचन अधिकारीलाई मतपरिणाम उल्टाउन दबाब दिएको अडियो रेकर्ड सार्वजनिक भएको छ ।

वाशिङ्टन पोस्टले सार्वजनिक गरेको अडियो रेकर्डमा ट्रम्पले जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड रफेन्सपोगरसँग भनेका छन्, ‘म मात्र ११,७८० भोट खोज्न चाहन्छु।’

रफेन्सपोगरले त्यसको प्रतिउत्तरमा जर्जियाको नतिजा सही भएको बताइरहेको अडियोमा सुन्न सकिन्छ।

वाशिङ्टन पोस्टद्वारा सार्वजनिक अंशमा ट्रम्पले जोर्जियाका सेक्रेटरी अफ स्टेटलाई वैकल्पिक रूपमा दबाब दिइरहेको र फुस्ल्याइरहेको सुन्न सकिन्छ।

ट्रम्पले रफेन्सपोगरलाई भनेक छन्, ‘तपाईँले पुन: गणना गरेको भन्नुमा केही पनि गलत हुने छैन।’

सार्वजनिक अडियो रेकर्डमा रफेन्सपोगरले प्रतिउत्तर दिँदै ट्रम्पलाई भन्छन्, ‘तपाईँको चुनौती भनेको के हो भने राष्ट्रपतिज्यू तपाईँसँग भएको तथ्याङ्ग गलत छ।’

त्यसपछि राष्ट्रपतिले अधिकारीलाई सम्भावित कानुनी परिणामको चेतावनी दिएका थिए।

‘तपाईँलाई थाहा छ उनीहरूले के गरे भन्ने र तपाईँले त्यसलाई रिपोर्टिङ गरिरहनु भएको छैन। त्यो आपराधिक कार्य हो। तपाईँ त्यस्तो हुन दिन सक्नुहुन्न। त्यो तपाईँ र तपाईँको वकिल रायनका लागि ठूलो खतरा हो,’ ट्रम्पले चेतावनीपूर्ण भाषामा रफेन्सपोगरलाई भनेका छन् ।

सुन्नोस् वासिङ्टन पोष्टले सार्वजनिक गरेको अडियो

ह्वाइट हाउसले हालसम्म उक्त विषयमा कुनै प्रतिक्रिया दिएको दिइनसकेको बीबीसीले जनाएको छ ।

बाइडनले कुल ३०६ इलेक्टरल कलेज मत पाएर राष्ट्रपति निर्वाचित भएका थिए भने ट्रम्पले मात्र २३२ मत पाएका छन्।

नोभेम्बर ३ को मतदानदेखि ट्रम्पले व्यापक रूपमा चुनावमा धाँधली भएको आरोप लगाइरहेका ट्रम्प जनवरी २० बाट विधिवतरूपमा ह्वाइटहाउसबाट बाहिरिँदै छन् ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १२ : ४५ बजे

भक्तपुरमा पृथक गठामङ्गल पर्व, राक्षसको प्रतीक घण्टाकर्ण टोलटोलमा घुमाएर मारियो

भक्तपुर – प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने

ईश्वर पोखरेलले भने : विद्या भण्डारीको पार्टी सदस्यता रातारात वेबसाइटबाट हटाइयो

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपतिलाई सामान्य

प्रहरी नायव निरीक्षकमा ७७ जना बढुवा सिफारिस (सूचीसहित)

काठमाडाैं – नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७७ जना प्रहरी

इयु–अमेरिका व्यापार वार्ता : समाधान खोज्ने प्रयास जारी, आवश्यक परेमा वैकल्पिक कदमको तयारी

ब्रसेल्स – युरोपेली संघ (इयु) का प्रमुख व्यापार प्रतिनिधि मारोस

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

काठमाडौं – प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा