बूढीगण्डकी तर्ने क्रममा बेपत्ता « Khabarhub

बूढीगण्डकी तर्ने क्रममा बेपत्ता


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- गोरखाको चुमनुब्री गाउँपालिका–५ का एक बालक काठेपुलबाट बूढीगण्डकी नदीमा खसेर बेपत्ता भएका छन् ।

घटनास्थल गोरखा सदरमुकामबाट टाढा भएकाले शुक्रबार भएको घटनाबारे ढिलो जानकारी प्राप्त भएको हो ।

सो दिन बिहान करीब १०:३० बजे गाउँपालिका–४ प्रोकस्थित पानीघट्टमा जाने क्रममा बूढीगण्डकीमाथिको काठे पुल तर्दै गर्दा १२ वर्षीय पेमा याल्बो लामा पुलबाट नदीमा खसेर बेपत्ता भएका हुन् ।

बूढीगण्डकीमाथि दुई मुढा तेस्र्याएर बनाइएको पुल तर्ने क्रममा बालक एक्कासि नदीमा खसेको बुबा मिङ्युर दोर्जेले जानकारी दिए ।

‘काठे पुलमा एकैचोटि दुई जना तर्न नमिल्ने भएकाले म पहिले पुल तरेर पारि गएँ’, उनले भने, ‘छोरो पछिपछि आउँदै थियो तर एक्कासी नदीमा खस्यो ।’

छोरा नदीमा खसेपछि बचाउन भनी आफू पनि बूढीगण्डकीमा हेलिए पनि भेटाउन नसकेको र पानीले आफूलाई धेरै तल पुर्‍याएर पाखामा हुत्याई दिएपछि बाँचेको उनले बताए ।

बेपत्ता बालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ३ : १५ बजे

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति