देशभर ४०३ कोरोना संक्रमित थपिए, ७ को मृत्यु « Khabarhub

देशभर ४०३ कोरोना संक्रमित थपिए, ७ को मृत्यु


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार २८९ रहेको छ ।

यसअघि आइतबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ थियो ।

पछिल्लो २४ घण्टामा थप ५९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५५ हजार ८८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि आइतबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५४ हजार ४९४ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८८५ पुगेको छ ।

 

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ४ : २४ बजे

मदनकृष्णको बायोपिक बनाउँदै मिलन चाम्स, केकी र महेश फाइनल

काठमाडौं – निर्देशक मिलन चाम्सले हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक

राहदानी छपाइ प्रकरण : आरजु देउवासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

पदाधिकारीमा भागबन्डा मिलाउन सकस, तीन उपसभापति, महामन्त्री र सह-महामन्त्रीमा दर्जनौँको दाबी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा पदाधिकारी सर्वसम्मत चयन गर्ने

अलैँची निर्यात : ११ महिनामा १२ अर्ब बढी र ५ वर्षमा ४० अर्ब बढीको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनाको वैदेशिक व्यापारमा निर्याततर्फ अलैँची

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

गण्डकी– फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान