कम्बोडियाद्वारा स्वास्थ्य सामग्री सहयोग | Khabarhub Khabarhub

कम्बोडियाद्वारा स्वास्थ्य सामग्री सहयोग


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कम्बोडिया सरकारले नेपाललाई कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित कार्यक्रममा कम्बोडियाका स्थायी सचिव आउच बोरिथको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीलाई ती सहयोग सामग्री हस्तान्तरण गरेका हुन ।

दुई वटा विमानमा चार्टर्ड गरी नेपाल ल्याइएका विभिन्न १२ किसिमका स्वास्थ्य सामग्री कम्बोडियाले हस्तान्तरण गरेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए ।

हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा फेस मास्क २० लाख, फेब्रिक फेस मास्क एक लाख, एन ९५ मास्क २० हजार, चस्मा २० हजार, पीपीई सेट २० हजार, फेस शिल्ड २० हजार, सेफ्टी प्लाष्टिक जुत्ता एक हजार र थर्मल गन ५०० थान रहेका छन् ।

सो अवसरमा मन्त्री त्रिपाठीले सहयोगका लागि कम्बोडियाको सरकारलाई सहयोगका लागि नेपाल सरकारका तर्फबाट धन्यवाद दिए ।

यस्तो छ सूची 

 

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ६ : ५० बजे

‘नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्छ’

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले

उपनिर्वाचन : सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह

काठमाडौं – भोलि हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

मलेसियामा बाढी, एक लाखभन्दा बढी मानिस विस्थापित

एजेन्सी – मलेसियाका उत्तरी राज्यहरूमा अविरल वर्षा पछि आएको ठूलो

कांग्रेस-एमाले र हाम्रो बाटो फरक भयो : उपमहासचिव पुन

रोल्पा – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले कांग्रेस

प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा

काठमाडौं – चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी