सवारी दुर्घटना हुँदा पूर्वराज्यमन्त्री शाहसहित ५ घाइते « Khabarhub

सवारी दुर्घटना हुँदा पूर्वराज्यमन्त्री शाहसहित ५ घाइते


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बर्दियामा सवारी दुर्घटना हुँदा पूर्वराज्यमन्त्री विनोदकुमार शाहसहित पाँच जना घाइते भएका छन् ।

पूर्वजलस्रोत राज्यमन्त्री शाह सवार बा २१ च ४७४६ नम्बरको गाडी आज दिउँसो बर्दियाको बाँसगढी नगरपालिका- १, मौरीखोला र उन्तिसखोलाको बीचमा दुर्घटना भएको हो ।

दुर्घटनामा पूर्वराज्यमन्त्री शाहसहित उनकी श्रीमती लक्ष्मी शाह, विन्द्रासैनी नगरपालिका- २ दैलेखका सूर्यबहादुर शाही, आठबिस नगरपालिकाका पदम माझी र चालक विनय भण्डारी घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार घाइतेहरूको अवस्था खतरामुक्त रहेको छ । गाडी सडकदेखि ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ७ : ०८ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार