वायु प्रदूषण बढ्यो : विश्वका ५० शहरमध्ये काठमाडौँ पहिलो नम्बरमा  « Khabarhub

वायु प्रदूषण बढ्यो : विश्वका ५० शहरमध्ये काठमाडौँ पहिलो नम्बरमा 

अनावश्यक घर बाहिर ननिस्किन चिकित्सकको सुझाव


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा काठमाडौं एक नम्बरमै पुगेको छ। सोमबारदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौँमा वायु प्रदूषण बढेको हो।

काठमाडौं उपत्यकामा सोमबारदेखि एक्कासी बढेको वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै चिकत्सकले अनावश्यक घर बाहिर ननिस्किन सुझाव दिएका छन् ।

हिजो बिहानैदेखि काठमाडौंको आकास तुवाँलोले ढाकेको छ । वायु प्रदूषणले फोक्सोका साथै आँखा, मस्तिष्क र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताए ।

वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार १ बजेको अध्यावधिक विवरण अनुसार एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४०२ थियो ।

गएराति काठमाडौंका विभिन्न क्षेत्रमा एक्यूआई ६०७ पुगेको थियो । ३०१ देखि ५०० सम्मको एक्यूआई सूचकलाई खतरनाकको सूचीमा राखिने गरिन्छ ।

आइक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स एक्यूआई) ३७२ पुगेको थियो।

अहिले सबैभन्दा बढी वायू प्रदूषण भएका विश्वका ५० शहरमध्ये काठमाडौँ सूचीको पहिलो नम्बरमा रहेको छ भने दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोइ, छैटौंमा पाकिस्तानको कराँची, , सातौंमा बंगलादेशको ढाका आठौँमा भारतको मुम्बई छ।

पश्चिमी वायूको प्रभावले काठमाडौँ उपत्यका कुहिरोले ढाकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

काठमाडौँ उपत्यकामा तुवाँलोले ढाकिनुकासाथै वायु प्रदूषण पनि दोब्बरले बढेको छ । योक्रम बुधबारसम्म जारी रहने जल वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले जनाएको छ ।

यस्तो छ विभागको आग्रह

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ५ : ११ बजे

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या