मतदानस्थल र मतदान केन्द्र निर्धारण कार्यविधि स्वीकृत | Khabarhub Khabarhub

मतदानस्थल र मतदान केन्द्र निर्धारण कार्यविधि स्वीकृत


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा ‘मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७’ र ‘मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम, २०७७’ स्वीकृत गरेको छ ।

मतदाता नामावली तयारीसँगै मतदानस्थल तथा मतदान केन्द्र निर्धारणको काम पनि गर्नुपर्ने भएकाले अन्तिम मतदाता नामावली प्रकाशन गर्नु अगावै मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम स्वीकृत गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

सरकारले २०७८ साल वैशाख १७ र २७ गते सोमबार दुई चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणा गरिसकेको छ । आयोगबाट उक्त निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयारीको प्रक्रिया शुरु भइसकेको छ । स्वीकृत कार्यक्रमअनुसार यही पुस २३ गतेदेखि जिल्लास्तरमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य प्रारम्भ हुनेछ ।

आयोगका अनुसार उक्त कार्यका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समिति रहनेछ । समितिले उक्त कार्य आगामी माघ १७ गतेसम्म सम्पन्न गर्ने गरी कार्यतालिकासमेत स्वीकृत गरिएको छ ।

उक्त सिफारिस समितिमार्फत मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम सञ्चालन हुने भएकाले त्यसमा सहयोग पुर्‍याउन सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालासँग आयोगले अपिल गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ७ : १८ बजे

त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं– त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक सोमबारदेखि दिउँसो चार घण्टा

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली

फेवा सीमाङ्कन : पोखरा पर्यटन परिषदबाट विरोध, होटल संघ समर्थनमा

पोखरा– ‘नो लेक नो मोर लेकसाइड’ लेखिएका नारा पोखराको लेकसाइडका