ओमानमा भिसा अवधि सकिएका नेपालीहरूले मार्चसम्म स्वदेश फर्किन पाउने « Khabarhub

ओमानमा भिसा अवधि सकिएका नेपालीहरूले मार्चसम्म स्वदेश फर्किन पाउने



दोहा – ओमानमा भिसा सकिएका, आवासीय अनुमति पत्रको म्याद गुज्रिएका नेपालीहरूलाई घर फर्कन पाउने अविध मार्च महिनासम्म थप भएको छ ।

ओमान छाड्न चाहने नेपाली कामदारले कुनै पनि किसिमको जरिवाना वा शुल्क नतिरी स्वदेश फर्कन पाउने अविध मार्च महिनासम्म थप गरिएको हो ।

ओमानको श्रम मन्त्रालयले गैरकानुनी तरिकाले बसेका नेपालीहरुको जरिवाना वा शुल्क नतिरी आफ्नो मुलुक फर्किन पाउने अवधि मार्च महिनासम्म थप गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै ओमानमा कामदार अनुमित पत्र तथा भिसा सकिएर वा लामो समयदेखि आफ्नो स्पोन्सरको सम्पर्क बाहिर रहेका दाजुभाई तथा दिदि बहिनीहरूले दूतावासमा अविलम्ब सम्पर्क गर्न अनुरोध गरेको छ।

यसरी नेपाल जान चाहने नेपाली नागरिकहरूले (पासपोर्टको म्याद सकिएको भएमा वा ट्राभल डकुमेन्ट बनाउन परेमा वा यस सम्बन्धी थप केही बुझ्न परेमा) दूतावासका श्रम सहचारी दिनेश ढकाललाई ७१५९-२५०६ मा सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

यसघि त्यहाँको श्रम मन्त्रालयले विभिन्न समय देखि अलेखबद्ध भई काम गरिरहेका नेपाली नागरिकहरू आफ्नै खर्चमा स्वदेश फर्कन चाहेमा गत १५ नोभेम्बर देखि ३१ डिसेम्बर २०२० भित्रमा बिना जरिवाना मुलुक छोड्न अनुरोध गरेको थियो ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  १० : ०५ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा