गोरखाबाट सेनाको एकीकरण पदयात्रा शुरु « Khabarhub

गोरखाबाट सेनाको एकीकरण पदयात्रा शुरु


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरिएको गोरखा, धादिङ, नुवाकोट हुँदै जङ्गीअड्डासम्म सञ्चालन हुने एकीकरण पदयात्रा गोरखा दरबारबाट आज शुरु भएको छ ।

उक्त पदयात्रा तत्कालीन गोर्खाली सेनाद्वारा विजय अभियानका सन्दर्भमा प्रयोग भएका पदमार्गमा विभिन्न कार्यक्रम गर्दै अघि बढ्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पदयात्राका क्रममा सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया तथा प्रवचनको कार्यक्रम हुनेछ । पदयात्रामा राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै पृथ्वीनारायण शाहकालीन सैनिक पोसाक र सोही समयमा खडा भएका नेपालका पहिला पाँच सैनिक युनिटका निशान झण्डा समावेश छ ।

उक्त कार्यक्रममा नेपाली सेना र स्थानीय जनताको समेत सहभागिता रहेको सेनाले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  १० : ४१ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष