गोरखाबाट सेनाको एकीकरण पदयात्रा शुरु | Khabarhub Khabarhub

गोरखाबाट सेनाको एकीकरण पदयात्रा शुरु


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरिएको गोरखा, धादिङ, नुवाकोट हुँदै जङ्गीअड्डासम्म सञ्चालन हुने एकीकरण पदयात्रा गोरखा दरबारबाट आज शुरु भएको छ ।

उक्त पदयात्रा तत्कालीन गोर्खाली सेनाद्वारा विजय अभियानका सन्दर्भमा प्रयोग भएका पदमार्गमा विभिन्न कार्यक्रम गर्दै अघि बढ्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पदयात्राका क्रममा सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया तथा प्रवचनको कार्यक्रम हुनेछ । पदयात्रामा राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै पृथ्वीनारायण शाहकालीन सैनिक पोसाक र सोही समयमा खडा भएका नेपालका पहिला पाँच सैनिक युनिटका निशान झण्डा समावेश छ ।

उक्त कार्यक्रममा नेपाली सेना र स्थानीय जनताको समेत सहभागिता रहेको सेनाले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  १० : ४१ बजे

गृहमन्त्रीसँग र अमेरिकी राजदूतको भेट

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर

अन्नपूर्ण आधार शिविरबाट फर्कन थाले पर्यटक

म्याग्दी– वर्षा र हिमपात रोकिएपछि अन्नपूर्ण आधार शिविर क्षेत्र देखि

‘नेपालमा बर्सेनि ५० हजार बढीलाई मस्तिष्कघात’

काठमाडौं– नेपालमा प्रत्येक वर्ष मस्तिष्कघातका कारण ५० हजारभन्दा बढी मानिस

अवरुद्ध चामे–खाङ्सार सडक सञ्चालन

मनाङ– सोमबारदेखि परेको हिमपातका कारण अवरुद्ध चामे–खाङ्सर सडक सञ्चालनमा आएको