१ लाख ५० हजार घुससहित सव–इन्जिनियर पक्राउ | Khabarhub Khabarhub

१ लाख ५० हजार घुससहित सव–इन्जिनियर पक्राउ


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख ५० हजार घुससहित एक जना सव–इन्जिनियरलाई पक्राउ गरेको छ ।

तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भएका सव-इन्जिनियर सुरेन्द्र अधिकारीलाई घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

उनले आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत घुस माग गरिरहेको उजुरीका आधारमा पोखराबाट खटिएको अख्तियारको टोलीले अधिकारीलाई सो घुस रकमसहित पक्राउ गरेको हो ।

उनलाई रकम लिइसकेको अवस्थामा भानु नगरपालिका वडा नम्बर २ बाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ६ : ५९ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको