बेवारिसे अवस्थामा गैँडाको खाग भेटियो « Khabarhub

बेवारिसे अवस्थामा गैँडाको खाग भेटियो


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ ।

निकुञ्जको मेघौलीमा खाग भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो ।

दुईवटा भाले गैँडा एक आपसमा जुधेर गैँडाको खाग भाँच्चिएको हुनसक्ने उनले जानकारी दिए । खाग भेटिएपछि गैँडाको खोजी गरिएको थियो । अन्दाजी २० वर्षको गैँडा खागविहीन अवस्थामा भेटिएको पनि उनले बताए ।

गैँडाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । भाले गैँडा एकापसमा जुधेर मर्नेसमेत गर्दछन् । मुख्यरूपमा पोथीसँगको संसर्गको समयमा भाले जुध्ने गर्दछन् । निकुञ्जमा यस आर्थिक वर्षमा मात्रै चार वटा गैँडा तस्करले मारेको अवस्थामा भेटिएका छन् ।

यससँगै निकुञ्ज सुरक्षामा निकै कडाइ गरिएको छ । १५ वर्षभन्दा बढी समयदेखि फरार दुई अभियुक्त हालै पक्राउ परेका छन् । दुर्लभ एकसिङ्गे गैँडाको लागि निकुञ्ज विश्वमै प्रख्यात छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ९ : ५९ बजे

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र