आफ्नै पार्टीका नेताले भने–ट्रम्पलाई आजै बर्खास्त गर्नुपर्छ | Khabarhub Khabarhub

आफ्नै पार्टीका नेताले भने–ट्रम्पलाई आजै बर्खास्त गर्नुपर्छ


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आजै बर्खास्त गर्न उनको पार्टीका नेताहरुले माग गरेका छन्।

राष्ट्रपतीय निर्वाचनको परिणाम उल्ट्याउन डोनाल्ड ट्रम्पले गरेका गलत कामका कारण आजै बर्खास्त गर्न माग गरिएको हो ।

ट्रम्पका समर्थकले अमेरिकी संसदमा गरेको आक्रमणमा घाइते भएकी महिलाको मृत्यु भएपछि वासिङटन डिसीमा कर्फ्युको स्थिति छ। घटनापछि रिपब्लिकन पार्टीकै नेताहरूले ट्रम्पको खुलेर आलोचना गरेका छन्।

ट्रम्पलाई प्रतिस्थापन गर्दै डेमोक्रेटिक पार्टीका नेता जो बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपति पदको सपथ लिँदैछन्। तर‚ ट्रम्पको हर्कतबाट आक्रोशित उनकै पार्टीका केही नेताले ट्रम्पलाई तत्काल बर्खास्त गरिनुपर्ने धारणा राखेका छन्। ‘उनलाई महाभियोग लगाएर तत्काल हटाइनुपर्छ’‚ एक रिपब्लिकन नेतालाई उधृत गर्दै सिएनएनले लेखेको छ।

अर्का एक पूर्व सरकारी वरिष्ठ अधिकारीलाई उधृत गर्दै सिएनएनले थोरै समय मात्रै कार्यकाल बाँकी भए पनि ट्रम्पलाई हटाउनुपर्ने पर्याप्त आधार देखिएको बताएको छ। ‘उनीबाट यो प्रणालीमाथि नै धक्का दिने काम भएको छ’‚ उनले भने‚‘त्यस्तालाई दुई हप्ता मात्रै बाँकी भए पनि कसरी पदमा राखिराख्न मिल्छ?’

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ११ : १० बजे

केपी ओली कप : आज एपीएफ र सङ्कटा तथा मछिन्द्र र ट्रान्सपोर्ट युनाइटेड खेल्ने

काठमाडौं– केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदै

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

बैंकक– सरकारले तोकेको मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा

संक्रमणबाट पाठेघरलाई कसरी जोगाउने ?

काठमाडौं – पाठेघर सृष्टिको उद्गम विन्दु हो। यो मानिसको अस्तित्वसँग

भद्रपुर झापा गोल्डकप : भद्रपुर ब्लेजर्स र बङ्गलादेशको क्राउन बाजार भिड्ने

झापा– दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा

मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक