ट्रम्प समर्थकले संसदमा आक्रमण गरेपछि अमेरिकामा हिंसा, मृतक संख्या चार पुग्यो « Khabarhub

ट्रम्प समर्थकले संसदमा आक्रमण गरेपछि अमेरिकामा हिंसा, मृतक संख्या चार पुग्यो


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा आक्रमण गरेपछि भड्किएको हिंसामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

हिंसा भड्किएपछि जारी गरेको कर्फ्यू उल्लंघन गर्दै भएका प्रदर्शनपछिका झडपमा थप तीन जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनीहरूको मृत्युको कारण ‘हेल्थ इमरजेन्सी’ (उपचार अभाव)भएको बताइएको छ ।

नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न छलफल भइरहेका बेला ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेका आक्रमण गरेपछि त्यहाँ हिंसा भड्किएको थियो । सोक्रममा एक महिलाको प्रहरीको गोली लागेरै मृत्यु भएको थियो ।

ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भन्दै उनका समर्थकहरूले त्यहाँका झ्यालढोकामा तोडफोड गरेका थिए ।

ट्रम्पका समर्थकहरूले क्यापिटल बिल्डिङ बाहिर गरिएको तारबार तोडेका थिए । केही प्रदर्शनकारीहरू पर्खालबाट सिनेट चेम्बरभित्र पनि पुगेका थिए। राष्ट्रपति ट्रम्पले केही समयपछि  भीडलाई शान्त पार्न नेशनल गार्डलाई परिचालन गर्न आदेश दिएका छन् । उनले भीडलाई शान्त रहन पनि आग्रह गरेका छन्।

अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले विलमिङ्टन, डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भीडलाई ‘पछि हट्न र लोकतन्त्रिक कार्यलाई अघि बढाउन दिन’ आग्रह गरेका छन् ।

उनले भने, ‘यो कुनै विरोध होइन। यो एउटा विद्रोह हो। डोनल्ड ट्रम्प अघि बढुन् र राष्ट्रिय टेलिभिजनमा आएर यो घेराबन्दीलाई समाप्त पार्ने माग गरुन्।’

वासिङ्टनका मेयर मुरियल बोउसरले सहरमा १२ घन्टा लागि कर्फ्यू आदेश जारी गरेका छन्। त्यहाँ १५ दिनका लागि आपतकाल समेत घोषणा गरिएको छ ।

कर्फ्यू उल्लघंन गरेको आरोपमा सुरक्षाकर्मीले ५२ जना पक्राउ गरेका छन् । अधिकारीहरूले संसद भवनभित्र दुईटा पाइप बम पनि फेला परेको जनाएका छन्।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ११ : ४५ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट