धारामा बरफ जम्दा खानेपानीको समस्या « Khabarhub

धारामा बरफ जम्दा खानेपानीको समस्या


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खानेपानीको समस्या भएको छ ।

आइतबारदेखिको हिमपातले अत्यधिक चिसो भएर तापक्रम माइनसमा झरेका कारण खानेपानीका धारा बरफ जमेर पानी नआउने हुँदा पानीको अभाव देखिएको हो ।

चिसो अत्याधिक भएकाले घरबाहिर निस्कन गाह्रो हुने, पानीका धारामा बरफ जमेर तातो पानी हाले पनि नआउने गरेको हिल्सा बिओपीका इञ्चार्ज सुरज केसीले जानकारी दिए ।

घाम नलाग्दा खानेपानीका धारामा पानी जमेर खानेपानीको समस्या भएको केसीले बताए ।

‘कर्णाली नदी टाढा छ, पानी लिन जाँदा चिसो अत्यधिक छ, घरबाहिर निस्कनसमेत गाह्रो छ र पानीका धारामा बरफ जम्ने भएकाले पानीको बढीको समस्या निम्तिएको छ’, उनले भने ।

छ महिनाका लागि रासन र दाउराको जोहो यसअघि नै गरेकाले यसको समस्या नभएको उनले बताए ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  १ : ४५ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका