चोरीका मोटरसाईकल चलाउने धादिङका २ युवक पक्राउ « Khabarhub

चोरीका मोटरसाईकल चलाउने धादिङका २ युवक पक्राउ


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टेस्थित सडकखण्डबाट राजन मगर र राजन तामाङ सवार मोटरसाईकलसहित पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

धादिङ्गको निलकण्ठ नगरपालिका ९ मुरली भन्ज्याङ्ग बस्ने वर्ष २६ का राजन मगर र थाक्रे गाउँपालिका वडा नं. १ देवीस्थान बस्ने वर्ष २१ का राजन तामाङ सवार बा ९२ प ७६३० नम्वर कालो रातो रंङ्गको २२० सीसीको पल्सर मोटरसाईकल नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।

अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३–०२–०१२ प ९८३५ खुल्न आएको छ ।

यो नम्वरको मोटरसाईकल गत पुस २६ गते बिहानको साढे ७ बजेको समयमा काठमाडौँ सोह्रखुट्टेस्थित सडक खण्डबाट हराएको थियो । मोटरसाइकल धनीले खोज तलास गर्न माग गर्दै ट्राफिक महाशाखामा जिल्ला पर्सा ठोरी गाउँपालिका ९ बस्ने पूर्ण बहादुर थापाले दिएको हुलिया निबेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ३ : ४० बजे

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावली दर्ता

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५००

जेल पुगेका जेन-जी नेता सोडारीलाई राहत, १ लाख धरौटी तोक्ने जिल्लाको निर्णय बदर

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा पक्राउ परेका निवेदकहरूबाट जनही १

झारखण्डको राँचीमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप

काठमाडौं- भारत झारखण्ड राज्यको राजधानी राँचीमा सरकारी सेवाको भर्ना परीक्षामा