भेरी नदीमा बस खस्यो, एकको मृत्यु « Khabarhub

भेरी नदीमा बस खस्यो, एकको मृत्यु


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत सुर्खेतको गुर्भाकोट नगरपालिका ९ गरालेस्थित भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बसका चालक सुमन नेपालीको मृत्यु भएको हो । २२ वर्षीय उनी दाङको बबई गाउँपालिका–३ निवासी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतका प्रमुख उपेन्द्र आचार्यका अनुसार ना ५ ख ७७५० नम्बरको मिनी बस आज दिउँसो सुर्खेतको गुर्भाकोट नगरपालिका-९ मा दुर्घटना भएको हो ।

बस सडकबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । सल्यान कालीमाटीदेखि बोटेचौरतर्फ जाँदै गरेको सो बसमा जम्मा तीन जनामात्र रहेको बताइएको छ । ्

दुर्घटनामा कालिमाटी गाउँपालिका–४ का ईश्वर सुनार घाइते भएका छन् । दुर्घटनास्थलबाट उनको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

अर्का एकजनाको अवस्था भने अज्ञात रहेको छ । उनको खोजी कार्य जारी रहेको प्रहरीको जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ५ : २७ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी