सिड्नीविरुद्ध सन्दीपको किफायती बलिङ « Khabarhub

सिड्नीविरुद्ध सन्दीपको किफायती बलिङ


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बिग बास लिग (बीबीएल) अन्तर्गत  नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली होबर्ट हुरिक्यान्सलाई सिड्नी थन्डरले १ सय ६८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रन बनायो । सिड्नीका लागि उस्मान ख्वाजाले ४९ रन बनाए ।

सिड्नीका एलेक्स रोसले अविजित ४४ रन जोड्दा बेन कटिङ ३१ रनमा अविजित रहे । यस्तै एलेक्स हालेसले २१ रन बनाउदा अर्जुन नैरले १५ रन बनाए ।

होबार्टका डीअर्सी सर्टले ३ विकेट लिए ।

नेपाली ग्लोबल स्टार लामिछानेले किफायति बलिङ गरेका छन् । उनले ४ ओभर बलिङ गर्दै २३ रन खर्चिएर १ विकेट लिएका हुन् ।

उनले सिड्नीका कप्तान कलुम फर्गुसनलाई पवेलियन फर्काएका हुन् । सन्दीपले लगातार तेस्रो खेलमा विकेट लिएका हुन् ।

यस अघिका दुई खेलमा उनले ३ विकेट लिएका थिए । योसँगै सन्दीपको यो सिजनमा बीबीएmमा विकेट संख्या ४ पुगेको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ५ : ३६ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको