प्रधानमन्त्री जाने भएपछि धनगढीमा सुरक्षा व्यवस्थामा कडा | Khabarhub Khabarhub

प्रधानमन्त्री जाने भएपछि धनगढीमा सुरक्षा व्यवस्थामा कडा

सेनासहित तीनै निकायका सुरक्षाकर्मी परिचालन


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली धनगढी जाने कार्यक्रम तय भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार बिहानै विमानस्थलमा तीनवटै सुरक्षा निकायका प्रमुखहरु पुगेर सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए।

विमानस्थलबाट प्रधानमन्त्री नेपाल राष्ट्र बैंकको गेष्ट हाउस जाने र त्यहाँ केही समय विश्राम गरेपछि खुला मञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको सुरक्षार्थ विमानस्थलदेखि खुला मञ्चसम्म नेपाली सेनाको विशेष टोली समेत परिचालन गरिएको छ। स्थानीय प्रशासनको निर्देशनअनुसार ‘हाई अलर्ट’मा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सम्भावित घटनालाई ध्यानमा राखेर कडाइ गरेको जनाएको छ।

नेपाल प्रहरीले पनि सुरक्षा रणनीति बनाउँदै जिल्लामा अन्य समयको भन्दा ठूलो संख्यामा प्रहरी परिचालन गर्दै सादा पोशाकमा समेत टोली खटाएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशम्शेर जबराले जानकारी दिए।

सशस्त्र प्रहरीले समेत प्रधानमन्त्रीको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षा योजनालाई थप कडा पारेको छ। नेपाल प्रहरीले जस्तै सशस्त्र प्रहरीले समेत बिहीबारदेखि नै नियमित गस्ती बढाएको छ भने जनसभा आयोजना हुने दिन शुक्रबार पनि कार्यक्रम स्थल लगायत धनगढीका आसपासका क्षेत्रमा सशस्त्र प्रहरी पनि परिचालन गरिएका छन्।

चेकजाँचका लागि तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको छ। नेकपा विभाजनपछि प्रधानमन्त्री ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आउँदैछन्।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  १० : ५५ बजे

 प्रभावकारी नीतिगत व्यवस्था गर्न सुझाव

पाटन– युवालाई रोजगारीसँग जोड्ने गरी दीर्घकालीन प्रभावकारी नीतिगत व्यवस्था गर्न

भूकम्प र बाढीपहिरोले थिलथिलियो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक– सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एक मात्र

अनेरास्ववियु (क्रान्तिकारी)को तीन महिने अभियान सुरु

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले संगठन

बिसनपुर क्षेत्रका गाउँहरू नदी कटानको जोखिममा

गाईघाट– दिनहुँ वर्षाका कारण त्रियुगा नदीको बहाव बढ्दै गएपछि उदयपुरको

बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’

चितवन– बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप गरिएको