गाउँपालिकाका अध्यक्षसहित ९ जनामा कोरोना पुष्टि, १ हप्तालाई पालिका र वडा कार्यालय बन्द « Khabarhub

गाउँपालिकाका अध्यक्षसहित ९ जनामा कोरोना पुष्टि, १ हप्तालाई पालिका र वडा कार्यालय बन्द


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका एक हप्ताका लागि सम्पुर्ण सेवाहरु बन्द भएको छ । पालिका अध्यक्ष लेखनाथ पोखरेलसहित ९ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाका सम्पूर्ण सेवा एक हप्ताका लागि बन्द भएको हो ।

पालिका अध्यक्ष पोखरेलसहित ९ जनालाई संक्रमण पुष्टि भएपछि बिहीबारदेखि पालिकाका कार्यालय र वडा कार्यालयका अति आवश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत पवन अर्यालद्धारा जारी गरिएको विज्ञप्तिमा जनाईएको छ ।

पालिका कार्यालय तथा वडा कार्यालयबाट सेवा संचालन गर्दा कोरोना समुदाय स्तरमा फैलने भन्दै कोरोना रोकथामको लागि अति आवश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको प्रशासकिय अधिकृत अर्यालले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष पोखरेललाई कोरोना पुष्टि भएपछि पालिकाका जनप्रतिनिधि, कर्मचारीको कोरोना टेष्ट गरिएको थियो । कोरोना टेष्ट गर्दा जनप्रतिनिधिसहित ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यसअघि पालिका अध्यक्ष पोखरेललाई कोरोना पुष्टि भएर स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँको विपी स्मृति अस्पतालमा उपचार भईरहेको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको बताईएको छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ११ : १२ बजे

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की– पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल