हिमपात र चिसोले विकास निर्माण ठप्प | Khabarhub Khabarhub

हिमपात र चिसोले विकास निर्माण ठप्प


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- हिमालपारिको जिल्ला मनाङमा विकास निर्माणका काम ठप्प भएको छ ।

अत्याधिक चिसो बढेसँगै जिल्लामा भएका विकास निर्माणका काम रोकिएको हो । चिसो बढेसँगै खोलाहरु जमेका छन् भने माथिल्लो भेगमा सोमबारदेखि परेको हिमपातले जनजीवन कष्टकर भएको छ ।

केही दिन अगाडि खोला जमेर खानेपानीको अभाव झेल्दै आएका यहाँका मानिसलाई हिमपातले घरभित्रै थन्क्याएको छ । मानिस त जसोतसो घरभित्र रहे पनि पशुचौपाय हिमपातको शिकार भएका पशुपालक किसान चोल्पा गुरुङले बताए ।

उनकाअनुसार माथिल्लो मनाङ खांसार मनाङगाउँलगायतका ठाउँमा निर्माण भइरहेका काम रोकिएका छन् । चिसोमा सिमेन्ट ‘सेट’ नहुने र चिसोले कामदारले काम गर्न नसक्ने हुँदा सडक, खानेपानी र सिँचाइका काममा अवरोध आएको हो ।

त्यस्तै बर्खामा बाढीपहिरो र हिउँदमा हिमपातका कारण विकास निर्माणले गति लिन नसकेको पूर्वाधार विकासका प्रमुख नवीनचन्द्र अधिकारीले बताए ।

अहिले पूर्वाधारअन्तर्गतका काम सञ्चालन हुनसकेको छैन । मुख्य त यहाँको भौगोलिक अवस्थामा भर पर्छ । प्राकृतिक प्रकोपका कारण पनि विकास निर्माणले गति लिन नसकेको उनले बताए ।

पाँच वर्षदेखि अलपत्र रहेका मनाङका खोलामा पक्की मोटरपुल अझै सम्पन्न हुन सकेका छैनन् । हाल जिल्लामा रहेका प्रदेश र सङ्घ मातहतका विकास आयोजना पनि चिसोका कारण काम हुन नसकेको जिल्ला पूर्वाधार कार्यालय मनाङले जनाएको छ ।

पूर्वाधार कार्यालयका अनुसार हाल जिल्लामा सडक स्तरोन्नति, मोटरपुल निर्माण, जिल्ला कारागार, अस्पताल, सिटीहल निर्माणका काम भए पनि चिसोका कारण रोकिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  १२ : ४५ बजे

इङ्गल्यान्डको नाटकीय पारी: ६ डक आउट, भारतविरुद्ध तीन सय रनको साझेदारी

लन्डन – भारतले इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा २४४ रनको अग्रता लिएको

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक मामिला

आज ‘नेशनल म्युजिक अवार्ड’, यी कलाकारको हुनेछ लाइभ प्रस्तुती

काठमाडौं – रेडियो कान्तिपुरले शनिबार यस संस्करणको ‘नेशनल म्युजिक अवार्ड’

बढ्दै डेंगी सङ्क्रमण, सावधानी नअपनाए महामारी फैलिने चेतावनी

काठमाडौं – गर्मी मौसम तथा वर्षायाममा देखिने डेंगी केही वर्षयता

अमेरिकामा बाढीले १३ जनाको मृत्यु

टेक्सस – अमेरिकाको टेक्सस सहरमा आएको बाढीका कारण १३ जनाको