हजार्डलाई मन पर्छ – मेस्सीको बाँया खुट्टा, रोनाल्डोको जित्ने इच्छा र जिदानको व्यक्तित्व | Khabarhub Khabarhub

हजार्डलाई मन पर्छ – मेस्सीको बाँया खुट्टा, रोनाल्डोको जित्ने इच्छा र जिदानको व्यक्तित्व


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस महारथि रियल मड्रिडका फरवार्ड इडन हर्जाडले आफुले प्रेरणा मानेका तीन खेलाडीको बारेमा खुलासा गरेका छन् । हर्जाडले विश्व फुटबलका तीन महान खेलाडी जिनेदिन जिदान, लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई आफ्ना आदर्श मानेका छन् ।

साथै उनले जिदान, मेस्सी र रोनाल्डो आफुलाई मन पर्नुका कारण समेत खोलेका छन् ।

जसमा उनले मेस्सीबारे रोचक कुरा बोलेका छन् । बेल्जियमको आरटिबिएफ रेडियोसँगको सम्बादमा उनले मेस्सीको कुरा पक्ष मन पर्छ भन्दै गरिएको प्रश्नको जवाफमा भनेका छन्, ‘उनको बाँया खुट्टा ।’

यस्तै, उनले रोनाल्डोबारे भने, ‘उनको खेल जित्ने भोक, सधै जित्ने र गोल गर्ने इच्छाशक्ति मन पर्छ ।’

उनले जिदानको मन पर्ने पक्षका रुपमा उनको व्यक्तित्व’ को प्रशंसा गरेका छन् । जुन उनलाई खुबै मन पर्छ ।
आरटिबिएफले हर्जाडको जन्मदिनमा छोटो सवाल जवाफ कार्यक्रम चलाएको थियो । जसमा उनले यी र यस्तै कुराहरुको चर्चा गरेका थिए ।

हर्जाड आजदेखि ३० वर्षमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  २ : ४२ बजे

विप्लवलाई भेट्न प्रचण्ड पुगे हरिसिद्धि

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

तारकेश्वरमा माइक्रो बस साङ्ला खोलामा खस्यो

काठमाडौं– तारकेश्वर नगरपालिका ७ मा सोमबार बिहान इभी माइक्रो बस

दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

गोरखा– गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

बिग बोस १९ सुरु, नयाँ प्रतियोगी र होस्ट सलमान खान

काठमाडौं – भारतीय रियालिटी शो “बिग बोस १९” प्रिमियर भएको

‘नाडा अटो शो’मा १ लाख ६० हजार बढीले गरे अवलोकन 

काठमाडौं– नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटो